कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

टिप्ताला भन्ज्याङ नाका सञ्चालनबारे परराष्ट्रमन्त्री श्रेष्ठको ध्यानाकर्षण 

आनन्द गौतम

ताप्लेजुङ — उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने दिन ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ७ का वडाध्यक्ष छेतेन शेर्पा लामाले टिप्ताला भन्ज्याङ नाका सञ्चालनका विषयमा स्मरण गराएका छन् ।

टिप्ताला भन्ज्याङ नाका सञ्चालनबारे परराष्ट्रमन्त्री श्रेष्ठको ध्यानाकर्षण 

आफू काठमाडौं पुग्न नसकेकाले गाउँ कार्यपालिका सदस्य तथा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य मिङमा डण्डु शेर्पामार्फत उनले टिप्ताला नाका सञ्चालनसम्बन्धी ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

चीनको वुहानमा कोरोना संक्रमण देखिएपछि बन्द भएको यो नाका अहिलेसम्म खुलेको छैन । नाका नखुल्दा माइतीघर जान नपाएका चेली र गलैंचा, छुर्पी लगायतका सामग्री निर्यात गर्न नपाएका स्थानीय पटक/पटक नाका खोल्न माग गरिरहेका छन् । वडाध्यक्ष लामाले सडक सञ्जालले जोडिएकाले बाह्रै महिना चल्ने गरी सम्झौता गरिदिन पत्रमार्फत अनुरोध गरेका छन् ।

चीनले ताप्लेजुङसहित डोल्पा, मुगु, गोरखा, दोलखा र बझाङका नाकालाई अस्थायी नाकाको रुपमा राखेको छ । यी नाका मे देखि अक्टोबरसम्म मात्रै चल्छ भन्ने बुझाई रहेको छ । मौसम परिवर्तनका कारण केही वर्षदेखि हिउँ पर्ने सिजन बदलिएको र मोटरबाटोले जोडिएपछि हिउँ पर्दा पनि पन्छाएर आउजाउ गर्न सकिने भएकाले बाह्रै महिना चल्ने बनाउनु पर्ने वडाअध्यक्ष लामाको जिकिर छ । ‘पहिला पैदलमार्ग मात्रै थियो, त्यही अनुसारको तालिका थियो,’ छेतेनले भने, ‘अहिले गाडी बाटोले जोडिएकाले पहिलाको तालिका फेर्नु पर्छ र सरकारले त्यो विषयमा चीनलाई बुझाउनु पर्छ भन्ने हाम्रो अनुरोध हो ।’

पहिलो अनुरोध नाका खोलिदिनुहोस् भन्ने र दोस्रो बाह्रै महिना चल्ने गरीको बनाइदिनुहोस् भन्ने आफ्नो माग रहेको वडाध्यक्ष छेतेन बताउँछन् ।

मिङमा डण्डुले आफूले परराष्ट्रमन्त्रीसमक्ष वडाको पत्र पुर्‍याएको बताए । उहाँ (परराष्ट्रमन्त्री) ले नेपालस्थित चिनियाँ दूतावासबाट पनि पहल भइरहेको र चीनमा पनि कुरा गर्ने आश्वासन दिएको डण्डुले बताए ।


प्रकाशित : चैत्र ११, २०८० १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×