कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

उद्योगी व्यवसायी डुबे सरकार चल्दैन : मुख्यमन्त्री कार्की

विनोद भण्डारी

विराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले उद्योगी व्यवसायी डुबे सरकार पनि चल्न नसक्ने बताएका छन् । उद्योग वाणिज्य महासंघ कोशीको छैटौँ प्रदेशसभाको सोमबार उद्घाटन गर्दै कार्कीले सरकार र निजी क्षेत्र साझेदार नभई एकै रथका दुई पाङग्रा भएको धारणा राखे ।

उद्योगी व्यवसायी डुबे सरकार चल्दैन : मुख्यमन्त्री कार्की

'राजश्व बिना सरकार चल्दैन । व्यवसायी डुबे सरकार पनि चल्दैन,' कार्कीले भने, 'त्यसैले कोशी सरकारले उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्ने योजना ल्याउन तयारी गरेको छ ।'

निजी क्षेत्रमा पनि उद्योग व्यवसाय गर्ने भन्दा नेता बढी भएको कार्कीको भनाइ थियो । 'उद्यागी व्यवसायीहरु कि व्यापार गर्नुस् कि राजनीति गर्नुस्,'मुख्यमन्त्री कार्कीले भने, 'दुईतिर हात हाल्दा सफल भइदैन भन्ने लाग्छ ।'

उद्योग व्यवसायका लागि दक्ष जनशक्तिको आवश्यकता रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले महिला र युवालाई उद्यमी बनाउने अभियान सञ्चालन गरेको दाबी गरे ।

उनले प्रदेशको उद्यमशीलतालाई अगाडि बढाउन उद्योग दर्ता सम्बन्धी नियमावली ल्याएर अनलाइनबाटै उद्योग दर्ता र नबीकरण लगायतका कामको प्रदेश सरकारले सुरुवात गरेको बताए ।

प्रदेश सरकारले औधोगिक क्षेत्रको सम्भाब्यता अध्ययन गरिरहेको जानकारी दिदै कार्कीले प्रदेश सरकार व्यवस्थित रुपमा औधोगिक क्षेत्रको विकास र सम्बर्द्धनमा लाग्ने आश्वासन दिए ।

प्रकाशित : माघ २९, २०८० १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×