कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

राष्ट्रिय सभा चुनाव : कोशीमा कांग्रेसका कृष्ण सिटौला विजयी

विनोद भण्डारी

विराटनगर — राष्ट्रिय सभा चुनावमा कांग्रेसबाट कोशीमा उम्मेदवार बनेका कृष्ण सिटौला विजयी भएका छन् । सत्ता गठबनन्धबाटै उम्मेदवार बनेकी माओवादीकी चम्पा कार्की पराजित हुँदा कांग्रेसबाट उम्मेदवार बनेका सिटौला भने विजयी भएका हुन् ।

राष्ट्रिय सभा चुनाव : कोशीमा कांग्रेसका कृष्ण सिटौला विजयी

पछिल्ला दुई २०७५ र २०७९ का प्रतिनिधिसभामा लगातार झापा ३ बाट राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित सिटौलाले यसपटक संसद् प्रवेश गर्नका लागि राष्ट्रिय सभाको बाटो रोजेका थिए । उनले एमालेको समर्थन रहेका राप्रपा उम्मेदवार उद्धव पौडेललाई पराजित गरेका हुन् ।

सिटौला विगतमा उपप्रधान तथा गृहमन्त्री भइसकेका व्यक्ति हुन् । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने काममा कांग्रेसबाट सहजीहरणको भूमिका समेत निर्वाह गरेका उनी संविधान सभामा संविधानको मस्यौदा समितिको नेतृत्व गरेका थिए ।

प्रकाशित : माघ ११, २०८० १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×