कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

पीडापछिको खुसी

तस्बिर: अंगद ढकाल, सुरज कुँवर

काठमाडौँ — इजरायलमा रहेका २५४ नेपाली नागरिक शुक्रबार बिहान स्वदेश आइपुगेका छन् । हमासको आक्रमणबाट घाइते भएका धनबहादुर चौधरीसहित नेपाली विद्यार्थीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दा उनीहरूका आफन्तमा आँसुमिश्रित खुसी छाएको थियो । भेट्नेबित्तिकै उनीहरुले अंगालो मारेर खुसी साटेका थिए  ।

नेपाल एयरलाइन्सको विमानबाट उनीहरुलाई सरकारले उद्धार गरेर ल्याएको हो ।इजरायलमा अर्न एण्ड लर्न कार्यक्रममा गएका विद्यार्थीहरुसहित स्वदेश फर्कन लागेका नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउदलगायत सरकारी अधिकारी इजरायल पुगेका थिए ।

हमासको आक्रमणबाट घाइते धनबहादुर चौधरी ।


प्रकाशित : आश्विन २६, २०८० ०५:०५
प्रतिक्रिया
पठाउनुहोस्