२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तस्बिर: अंगद ढकाल

तस्बिर: अंगद ढकालका लेखहरु :

पीडापछिको खुसी

इजरायलमा रहेका २५४ नेपाली नागरिक शुक्रबार बिहान स्वदेश आइपुगेका छन् । हमासको आक्रमणबाट घाइते भएका धनबहादुर चौधरीसहित नेपाली विद्यार्थीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दा उनीहरूका आफन्तमा आँसुमिश्रित खुसी छाएको थियो । भेट्नेबित्तिकै उनीहरुले अंगालो मारेर खुसी साटेका थिए  ।

अनि रिन्जिङको अनुहारमा उज्यालो फर्कियो

मुस्ताङ कागबेनीकी ६० वर्षीया रिन्जिङ ग्याम्बो गुरुङ जन्मैदेखि बोल्न र सुन्न सक्दिनन् । केही वर्षअघि घाँसदाउरा गर्ने क्रममा दाहिने आँखामा चोट लागेर नदेख्ने पनि भएकी थिइन् । दाइको घरमा बसेर जसोतसो गुजारा चलाउँदै आएकी उनको अर्को आँखा पनि मोतिबिन्दु भएर नदेख्ने भएपछि थप पीडा थपियो ।

सडक जाम नगरी संसद्‍मा पुगे राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेल साधारण सुरक्षा घेरामै संसद् भवन पुगेका छन् । राष्ट्रपति पौडेलले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । शीतल निवासबाट भीभीआईपीलाई दिइने साधारण सुरक्षामै सडकमा निस्किएका राष्ट्रपति पौडेल सर्वसाधारणसँगै सडक अवरुद्ध नगरी संसद् भवन पुगेका हुन् । उनको सवारी भइरहँदा नियमित रुपमा गुड्ने अन्य सवारीसाधन पनि बिनारोकतोक सडकमै देखिन्थे ।

जाली तमसुक खारेज गर !

सरकारले पहिले गरेका सम्झौता पालना नगरेको र नयाँ सहमति पनि फितलो भएको भन्दै मिटरब्याज पीडितहरू आन्दोलित भएका छन् । ११ दिनको पैदलयात्रापछि गत साता बर्दिबासबाट हिँडेर काठमाडौं आएका पीडितहरूसँग सरकारले गरेको सहमति पनि फितलो भएको भन्दै दबाब दिन मधेसका विभिन्न २० जिल्लाका पीडितहरू सोमबार काठमाडौं आइपुगेका हुन् ।

मिटरब्याज पीडितलाई खुलामञ्‍च छिर्न नदिँदा धकेलाधकेल

मिटरब्याजबाट पीडित आन्दोलनकारीहरूले सोमबार काठमाडौंको खुलामञ्च अगाडि प्रदर्शन गरिरहेका छन् । खुलामञ्चभित्र प्रवेश गर्न खोजेका उनीहरूलाई प्रहरीले रोक्ने क्रममा दिउँसो केही बेर धकेलाधकेल भएको थियो ।

यादव उपराष्ट्रपति बनेपछि...

जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव नेपालको तेस्रो उपराष्ट्रपतिको रुपमा निर्वाचित भएका छन् । शुक्रबारको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । यादवले ३० हजार ३२८ मतभार प्राप्त गरेका थिए । उनले संघीय संसद्‌तर्फ १४ हजार ५३६ र प्रदेशसभातर्फ १५ हजार ७९२ मतभार पाए ।

सुरु भयो 'बिरालो वर्ष'

तामाङ समुदायको प्रमुख सांस्कृतिक पर्व सोनाम ल्होछार अर्थात् नयाँ वर्ष आइतबार विविध कार्यक्रम गरी मनाइँदै छ । तामाङ समुदायका किशोरकिशोरीदेखि वृद्धवृद्धाहरू समेत काठमाडौंको टुँडिखेलमा भेला भएर सोनाम ल्होछार मनाउँदै छन् । ल्होछार काठमाडौं उपत्यकाबाहेक विभिन्न जिल्ला र बाहिर देशहरुमा पनि मनाइँदैछन् ।

डेंगु संक्रमितले भरिँदै टेकु अस्पताल

देशका प्रमुख सहरसहित विभिन्न जिल्लामा केही सातादेखि नै डेंगु संक्रमण फैलिएको छ । हालसम्म डेंगुका बिरामीको संख्या ११ हजार नाघिसकेको छ । काठमाडौंको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार यहाँ हाल उपचार गराउन आउने ९० प्रतिशत बिरामीहरू डेंगुका बिरामी रहेका छन् ।

यसरी मनाइयो भक्तपुरमा घण्टाकर्ण पर्व [तस्बिरहरु]

भक्तपुरको दत्तात्रय मन्दिर परिसरमा गठेमंगल नाम गरेको राक्षसको पुत्ला दहन गरेर घण्टाकर्ण पर्व मनाइएको छ । यो पर्व साउन कृष्ण चतुर्दशीका दिन उपत्यकाभरि मनाइन्छ । घण्टाकर्ण चतुर्दशीलाई गथामुंगः च:हे भनेर चिनिन्छ। साउन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्व परापूर्वकालदेखि नेवार समुदायले मनाउँदै आएका छन् । गोपाल वंश अनि लिच्छवि वंशदेखि यो पर्व मनाइँदै आइएको हो ।

यसरी काठमाडौं ल्याइयो शव

मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा दुर्घटनाग्रस्त तारा एयरमा सवार सबै यात्रुको शवलाई काठमाडौं ल्याइएको छ । सोमबार साँझ नेपाली सेनाको हेलिकप्टरबाट १० वटा शव पोखरा हुँदै काठमाडौं ल्याइएको हो ।