सिद्धपोखरीको पुनर्निर्माण [तस्बिरहरू]

भूकम्पपछि पोखरीका चारैतिरका पेटी भासिएका थिए । उपभोक्ता समितिले खुला श्रमदानकाे आह्वान गरेपछि पुनर्निर्माणले तीव्रता पाएको छ ।

असार १, २०८३

तस्बिर: अंगद ढकाल, सुन्दर शिल्पकार

Reconstruction of Siddha Pokhari [Photos]

भक्तपुर — ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको भक्तपुरको सिद्धपोखरी पुनर्निर्माणको काम भइरहेको छ । भक्तपुर नगरपालिका-१ मा रहेको सिद्धपोखरी जेठ २० देखि पुनर्निर्माण थालिएको हो ।

Reconstruction of Siddha Pokhari [Photos]

नगरपालिकाले उपभोक्ता समितिमार्फत ९८ लाख बजेट विनियाेज गरी पोखरी पुनर्निर्माणको काम सुरु गरेको हो । भूकम्पपछि पोखरी वरपर रहेको चारैतिरका पेटी भासिएका थिए । उपभोक्ता समितिले खुला रूपमा श्रमदानकाे आह्वान गरेपछि हालसम्म ७५० जनाले श्रमदान गरिसकेका छन् । श्रमदान गर्नेमा स्थानीय, विभिन्न पेसागत संगठन र विद्यार्थीहरू समेत रहेका छन् ।

Reconstruction of Siddha Pokhari [Photos]

सिद्धपोखरीमा हुने इन्द्रजात्रालाई लक्षित गरेर पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भक्तपुर-१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले जानकारी दिए । हाल सिद्धपोखरीमा रहेका पेटी पुनर्निर्माण र सिद्धपोखरीभित्र रहेको हिलो निकाल्ने काम भइरहेको छ । अब दक्षिण भेगमा रहेको भाजुपोखरीमा रहेको पानी सिद्धपोखरीमा सार्ने तयारी छ । भाजुपोखरीमा भने डिप बोरिङबाट पानी राख्ने तयारी भइरहेको वडाध्यक्ष खत्रीले बताए ।

Reconstruction of Siddha Pokhari [Photos]
Reconstruction of Siddha Pokhari [Photos]
Reconstruction of Siddha Pokhari [Photos]
Reconstruction of Siddha Pokhari [Photos]
Reconstruction of Siddha Pokhari [Photos]

तस्बिर:

सुन्दर

Link copied successfully