निर्वाचन प्रहरीमा भर्ना हुन दर्खास्त दिनेको लाइन (तस्वीरहरु)

निर्वाचन सुरक्षाका लागि सरकारले करिब ३ लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गर्दै छ ।

पुस २५, २०८२

तस्बिर: अंगद ढकाल

Line of people applying to join the Election Police (Photos)

काठमाडौँ — आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल प्रहरीले आफू मातहत परिचालन हुने निर्वाचन प्रहरीको भर्ना आवेदन खुलाएको छ ।

शुक्रबार कार्यलय समयदेखि नै निर्वाचन प्रहरीका लागि दर्खास्त बुझाउनेहरुको ठुलो भीड लागेको छ । आवेदन दिने समय १ माघसम्म तोकिएको छ ।Line of people applying to join the Election Police (Photos)

सशस्त्र प्रहरीले पनि निर्वाचन प्रहरीका लागि केही दिनमै आवेदन खुलाउने तयारी गरेको छ । निर्वाचन सुरक्षाका लागि सरकारले करिब ३ लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गर्दै छ ।

जसमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग तथा ४० दिन कार्यअवधि तोकेर करिब डेढ लाख ‘निर्वाचन प्रहरी’ (म्यादी प्रहरी) खटाउने सरकारको तयारी छ ।

केन्द्रीय सुरक्षा समिति बैठकको निर्णयअनुसार निर्वाचन सुरक्षामा आ–आफ्ना जिम्मेवारी र अधिकारक्षेत्र तोकेर सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका १ लाख ८८ हजार ३ सय ६३ जनशक्ति परिचालन गर्ने गरी सुरक्षा व्यवस्थापन खाका बनेको छ ।

Line of people applying to join the Election Police (Photos)

नियमिततर्फका सुरक्षाकर्मीबाट जनशक्ति अपुग भएपछि सरकारले नेपाल प्रहरीमार्फत १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरीमार्फत १५ हजार १ सय १० जनशक्तिलाई ४० दिनको अवधि तोकेर ‘निर्वाचन प्रहरी’ का रूपमा छनोट गरी परिचालन गर्दै छ ।

Line of people applying to join the Election Police (Photos)

Line of people applying to join the Election Police (Photos)

तस्बिर:

Link copied successfully