कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

बानेश्वरमा लघुवित्तपीडितको प्रदर्शन

तस्बिर : अंगद ढकाल, तस्बिर : दीपक केसी

काठमाडौँ — महिनौंदेखि आन्दोलनरत लघुवित्तपीडितहरूले बुधबार नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् । प्रदर्शन रोक्ने क्रममा प्रहरी र प्रदर्शनकारीहरूबीच धकेलाधकेल भएको छ ।

प्रदर्शनकारीहरू संसद्‍ भवन अगाडि गएर धर्ना गर्ने भन्दै त्यसतर्फ जान खोजेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो । बुधबार दिउँसो प्रतिनिधिसभाको बैठक सुरु हुनुभन्दा पहिले संसद्‍ भवन घेराउ गर्ने र आफ्ना समस्या सुनाउने भन्दै त्यसतर्फ अगाडि बढिरहेका थिए ।७ महिनादेखि नै आन्दोलनरत लघुवित्तीय संस्थापीडितहरूले पछिल्लो पटक फेरि देशभरबाट काठमाडौं आएर प्रदर्शन गरिरहेका छन् ।


प्रकाशित : श्रावण १०, २०८० १२:२५
प्रतिक्रिया
पठाउनुहोस्