कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छठको सन्ध्याकालीन सूर्य पूजा सम्पन्न(तस्बिरहरु)

तस्बिर : हेमन्त श्रेष्ठ, तस्बिर : इलिट जोशी, तस्बिर : कविन अधिकारी, तस्बिर : दीपक केसी, जितेन्द्र साह, श्यामशुन्दर शशि

काठमाडौँ,मोरङ,सुनसरी,जनकपुर — पवित्रत छठि महापर्वको सन्ध्याकालीन सूर्य पूजा शनिबार सम्पन्न भएको छ । मुलुकभरका छठ पर्वका पोखरी र जलासय लगायतका स्थान बेहुलीझै सिंगारिएको छ । साँझबिहान मेला जस्तै देखिने जलासय किनारमा आइतबार बिहान उदाइरहेको सूर्यलाई अर्घ्य दिएर कथा वाचन गरेपछि बिहीबारदेखि सुरु भएको यो चार दिने पर्व सकिन्छ । यसपछि दर्शनार्थी, परिवारजन, छरछिमेक र मित्रजनलाई ठेकुवा, भुसुवा, फलफूल एवं गेडागुडीलगायतका प्रसाद बाँडिन्छ ।

छठ व्रत बस्नाले छालासम्बन्धी रोगवाट मुक्त भइने, पारिवारिक सुख पाइँने, श्रीमान र बालबालिकाको स्वास्थ्यलाभ तथा पुत्र लाभ हुने तथा दु:ख र दरिद्रताबाट मुक्त हुने जनविश्वास रहिआएको छ । विगतमा मिथिलाञ्चलमा मात्र मनाइने छठ पछिल्लो समय राजधानी काठमाडौंसहित मुलुकको विभिन्न भागमा श्रद्धापूर्वक मनाइँदै आइएको छ ।

विराटनगरको सिंघिया खोला,जनकपुरको गंगासागर, धनुषसागर, अंगरागसर,महाराजसर,गोरधोइ पोखरी, उपत्यकाका गौरीघाट,कुपण्डोल,कमलपोखरी मुलुकका विभिन्न नदीहरुमा श्रद्धालुहरुको घुँइचो लागेको थियो । ।

अस्ताउँदो सूर्यलाई अर्घ्य दिनकालागि दिउँसैदेखि परिवारजनसहित व्रतालु पूजन सामग्री बोकेर छठको लोकगीत गाउँदै झकिझकाउ घाट भनिने जलासय किनार पुगेका थिए । बेलुकी नहुँदै घाट भक्तजन एवं आगन्तुकले भरिभराउ भएको थियो ।

भाकल अनुसार कतिपय ब्रतालु परिवार बाजागाजा एवं सांस्कृतिक टोलीसहित पुगेका थिए । यी रमझमबीच अस्ताइरहेको सूर्यलाई अर्घ्य दिएर साँझपख कोहि घर फर्के भने कोहि घाटमै जाग्राम बसे ।

प्रकाशित : कार्तिक १६, २०७६ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्