प्रदेश १ का जिल्ला सुरक्षा समितिहरूमा विभिन्न नगर र गाउँबाट प्रहरी चौकी स्थापनाको माग गरिएको निवेदनको ‘चाङ’ लागेको छ । नेत्रविक्रम चन्द समूहले गतिविधि विस्तार गरिरहेको भन्दै उत्तरी पहाडी भेग र सीमा क्षेत्रबाट बढी निवेदन परेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।
दसैंलगत्तै सुरु हुने भनिएको बथनाहा–कटहरी रेलमार्ग विस्तारको काम अझै थालिएको छैन । भारतबाट निर्माण सामग्री लग्ने अनुमति एवं साइट क्लियरेन्सको पत्र प्राप्त नभएकाले काम सुरु हुन नसकेको भारतीय पक्षका निर्माण व्यवस्थापक दीपक कुमारले बताए ।
कोभिड–१९ महामारी बीच मंगलबारदेखि मुलुकभर कक्षा १२ को परीक्षा सुरु हुँदैछ । चाडबाड लगतै परीक्षा र विद्यालय सञ्चालन गर्नु जोखिमपूर्ण भएकाले हदैसम्मको सावधानी अपनाउनु पर्ने देखिएको छ ।
छठको मुख्य दिन आज सूर्यको आराधना गर्दै देशका विभिन्न स्थानमा यो पर्व मनाइँदै छ । बुधबार सुरु भएको यो चारदिने पर्व आज साँझपख अस्ताउँदो र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन हुन्छ ।
विराटनगरका हाडजोर्नी रोग विशेषज्ञ एवं सामाजिक कार्यकर्ता डा. नवीनकुमार कर्णको परिवारले घरको छतमै पूजा गर्न मिल्ने सानो पोखरी निर्माण गरेर आठ वर्षदेखि सूर्य आराधनाको महापर्व छठ मनाइरहेको छ । प्राकृतिक जलाशयमा बढ्दो प्रदूषणले गर्दा उनले सपरिवार घरभित्रै पूजा विधि गर्न थालेका हुन् । घरभित्रै पर्व मनाउँदा पारिवारिक उमंगमा कुनै कमी नआएको उनी बताउँछन् ।
८ लाख ८९ हजार २ सय ५० रुपैयाँसहित ५ जुवाडेलाई शनिबार बेलुकी मोरङको केराबारी गाउँपालिकाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु विभिन्न सरकारी एवं गैर सरकारी संस्थाका कर्मचारीहरु, व्यवसायी तथा वैदेशिक रोजगारबाट फर्किएका भएको प्रहरीले जनाएको छ ।
प्रतिबन्धित चन्द समूहअन्तर्गत कम्पनी कमिस्नरसहित दुई जनालाई बुधबार साँझ मोरङको मिक्लाजुङबाट हतियार, विस्फोटक पदार्थ एवं दस्ताबेजसहित प्रहरीले पक्राउ गरेको छ ।