कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

‘राजवंशी कोटा’ मा जापान पुर्‍याउने भन्दै ठगी गर्ने आरोपित कारागार चलान

जितेन्द्र साह

विराटनगर — जापान लैजाने भन्दै ३५ जनाबाट दुई करोडभन्दा बढी रकम ठगी गरेको आरोप लागेका मोरङ सुनवर्षी नगरपालिका ६ का ३५ वर्षीय अजयकुमार राजवंशीलाई मोरङ जिल्ला अदालतले बिहीबार पुपर्क्षका लागि कारागार चलान गर्न आदेश दिएको छ ।

‘राजवंशी कोटा’ मा जापान पुर्‍याउने भन्दै ठगी गर्ने आरोपित कारागार चलान

मोरङ प्रहरीको सूचना समन्वय शाखाका अनुसार वैदेशिक रोजगारको क्रममा चार वर्षदेखि जापानमा रहेका उनमाथि २ करोड ५८ लाख ७५ हजार २ सय ५२ रुपैयाँ ४९ पैसा ठगेको आरोप लागेको थियो ।

उनकै समुदायको निराजनकुमार राजवंशीले ठगीसम्बन्धी मुद्दामा उजुरी दिएपछि फरार रहेका अजयलाई जेठ ५ मा प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो ।

सम्बन्धित समाचार

‘राजवंशी कोटा’ मा जापान लैजाने भन्दै ठगी [भिडियो]

प्रकाशित : असार १, २०८० १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×