१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

झमझम पानी परेकाे बेला... [तस्बिरहरु]

तस्बिर : दीपक केसी

काठमाडौँ — पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पश्चिमी, मध्य र पूर्वी पहाडी भू-भागमा सामान्यदेखि पूर्णतया बदली रहेको जनाएको छ ।

विभागले शुक्रबार बिहान जारी बुलेटिनमा आगामी तीन दिनसम्म सामान्य वर्षा, उच्च हिमाली भेगमा हिमपात हुने पूर्वानुमान गरेको छ । बिहीबार साँझदेखि नै सुरु भएको वर्षा अझै रोकिएको छैन । वर्षाका कारण चिसो बढेको छ भने हिमाली भेगमा हिमपात भइरहेको छ । वर्षा र हिमपातका कारण काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न क्षेत्रका जनजीवन प्रभावित बनेको छ । कान्तिपुरका फोटो पत्रकारले काठमाडौं उपत्यकाका केही स्थानमा वर्षाबाट प्रभावित पैदलयात्रीको तस्बिर खिचेका छन् ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो मुलुकभर सामान्यदेखि पूर्ण बदली रहनेछ । राति केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको संभावना छ । शनिबार र आइतबार पनि वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । आइतबार राति भने देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।


प्रकाशित : माघ ३, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्