२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

सैनिक सरकारको दमनविरुद्ध म्यानमार दूतावासअगाडि अनेरास्ववियु क्रान्तिकारीको प्रदर्शन

तस्बिर : बिजु महर्जन

काठमाडौँ — नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीले म्यानमारमा सैनिक सरकारको दमनविरुद्ध नेपालस्थित दूतावास अगाडि प्रदर्शन गरेको छ ।

म्यानमार सेनाले ‘कु’ मार्फत सत्ता हत्याउँदै सर्वसाधारणमाथि दिनहुँ अत्याचार र दमन गरिरहेको भन्दै अनेरास्ववियु क्रान्तिकारीले भैँसेपाटीस्थित म्यानमार दूतावास अगाडि विरोध प्रदर्शन गरेको हो । म्यान्‍मारमा प्रजातन्त्रको पुनर्वहाली र नरसंहार रोक्न माग गर्दै प्रदर्शन र ज्ञापनपत्र बुझाइएको अनेरास्ववियू क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।

पछिल्ला दिनमा म्यानमारमा सेनाले प्रदर्शनकारीमाथि बर्बर दमन गरिरहेको छ । गत शनिबार मात्रै सेनाको गोली लागेर कम्तीमा ११४ जना मारिएका थिए । फेब्रुअरी १ मा सेनाले शासन हातमा लिएपछि अहिलेसम्म ५०० जनाको मृत्यु भइसकेको छ भने सयौं घाइते भएका छन् ।


प्रकाशित : चैत्र १८, २०७७ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्