कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

गोलको खुसी [तस्बिरहरु]

तस्बिर : हेमन्त श्रेष्ठ, तस्बिर : अंगद ढकाल

काठमाडौँ — दशरथ रंगशालामा जारी नेपाल र बंगलादेशबीचको फाइनल खेलमा नेपालले अग्रता लिएसँगै खेलाडीहरुमा उत्साह छाएको छ । लामो समयदेखि गोलविहीन बन्न पुगेको नेपालले हाफटाइम अघिसम्म दुई गोलको अग्रता लिएको छ ।

खेलको ४१ ‌औं मिनेटमा नेपालका जर्सी नम्बर ८ का विशाल राईले सुन्दर गोल गरेका हुन् । यसअघि खेलको १८ औं मिनेटमा नेपालका संजोग राईले गोल गरेका थिए ।नेपालका लागि २४ नम्बरको जर्सी लगाएर खेलिरहेका राईले डी एरियामा पाएको बललाई सशक्त प्रहार गर्दै गोलमा परिणत गरेका थिए ।साढे ५ बजेदेखि सुरु भएको खेल हेर्न प्रधानमन्त्री केपी ओली पनि रंगशाला गएका छन् ।


प्रकाशित : चैत्र १६, २०७७ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्