कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

काठमाडौंका मेयर र उपमेयरको शपथ र पदभार ग्रहण

तस्बिर : अंगद ढकाल

काठमाडौँ — काठमाडौं महानगरपालिका नवनिर्वाचित मेयर वालेन्द्र(बालेन) साह, उपमेयर सुनिता डंगोल र वडाध्यक्ष तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएसँगै पदभार ग्रहण गरेका छन् ।

मेयर साहले नेपाली र नेपाल भाषामा शपथ ग्रहण गरेका थिए । राष्ट्रियसभा गृहमा आयोजित समारोहमा  साहलाई मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले सपथ गराएका थिए । त्यसैगरी मेयर साहले उपमेयर, वडाध्यक्षहरु तथा सदस्यहरुलाई छुट्टाछुट्टै शपथ ग्रहण गराएका थिए । वैशाख ३० गते भएको स्थानीय तह चुनावमा ३२ वर्षीय स्वतन्त्र उम्मेदवार साह काठमाडौंको मेयरमा निर्वाचित भएका थिए । बिहीबार राति निर्वाचन कार्यालयले मत गणना सकेको थियो ।

मेयर साहले पदभार ग्रहण गर्दै नगर कार्यपालिकाको बैठक लाइभ गर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्दै पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि उनले आफूले महानगपालिकाको फोहोर व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । निर्वाचनपछि कार्यपालिकाको प्रथम बैठक सोमबार दिउँसो ४ बजेका लागि बोलाइएको छ ।  

'२-४ दिनअघि नै हामीले खादा, माला, अन्तर्वार्ता र सेलिब्रेसनहरू फोहोरको व्यवस्थापन नभएसम्म नगर्ने भनेका छौं । हामीले गरेको पापको भारी सिसडोलबासीले भोग्दै हुनुहुन्छ । उहाँहरू क्यान्सर पीडित हुन भएको छ; छालाको रोग लागेको छ । मानिस मरिरहनुभएको छ । यो शोक मनाउने बेला हो,' साहले भने, 'फोहोरको व्यवस्थापन नहुन्जेल र सिसडोलबासीले स्वच्छ वातारण र हावामा बस्ने र पानी पिउने वातावरण नहुन्जेल अरु काम हुँदैन ।' यसअघि उनले एक समारोहमा पदको शपथ लिएका थिए । 


प्रकाशित : जेष्ठ १६, २०७९ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्