१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

कोरोना जोखिमबीच होलीमा ठेलमठेल [तस्बिरहरु]

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना संक्रमणको दोस्रो लहर सुरु हुनसक्ने भन्दै सरकारले होली पर्वमा भीडभाड हुने गतिविधिमा रोक लगाएको छ । तर पनि काठमाडौंमा भने होलीको अवसरमा ठूलो संख्यामा मानिसहरूको भीडभाड देखिएको छ । विभिन्न ठाउँका होली कार्यक्रमहरुमा भाैतिक दूरी र मास्क प्रयोग नगरेको पाइएको छ ।

सरकारले भीडभाड नगर्न आग्रह गरेपनि मानिसहरु बसन्तपुर क्षेत्र लगायतका ठाउँमा कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गरेर पुगेर रङ खेलेका छन् । यस्तै कतिपय ठाउँमा भने घरपरिवारका सदस्यहरुबीच सानाे समूहमा रहेर होली मनाइएको छ । आइतबार देशका पहाडी भू–भागमा रङहरुको पर्व होली मनाइएको छ । तस्बिरहरु : अंगद ढकाल, इलिट जोशी, प्रकाशचन्द्र तिमल्सिना, हेमन्त श्रेष्ठ, सन्जोग मानन्धर,केशव थापा


प्रकाशित : चैत्र १५, २०७७ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्