तस्बिर : कविन अधिकारी

तस्बिर : कविन अधिकारीका लेखहरु :

सिभिल मलका व्यवसायीले बुझाए साँचो

सुन्धारास्थित सिभिल मलका व्यवसायीले शुक्रबार सञ्चालकलाई सटरको साँचो बुझाएका छन् । सिभिल मल सञ्चालक समितिले व्यवसायीलाई असार २५ भित्र पसलको भाडा बुझाउन दबाब दिएपछि तिर्न नसक्ने भन्दै साँचो जिम्मा लगाइएको सिभिल मल व्यापार संघका अध्यक्ष रत्न घिमिरेले बताए ।

यस्तो देखियो खुल्दै गरेको ठमेल [तस्बिरहरु]

लकडाउन खुकुलो बनाउने सरकारको पछिल्लो निर्णयसँगै पर्यटकीय क्षेत्र ठमेल विस्तारै खुल्दै गएको छ । गत बुधबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सुरक्षाका उपाय अपनाएर पसल, व्यापार, व्यवसाय तथा काठमाडौं उपत्यकासहित कम जोखिम भएका क्षेत्रमा जोरबिजोर प्रणालीबाट निजी सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सरकारी निर्णयपछि ठमेल क्षेत्रका व्यापार, व्यवसाय खुल्न थालेका हुन् ।

हाफ सटर : लकडाउन जिन्दगी [तस्बिरहरू]

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले पसल खोल्न अवरोध नगर्ने निर्णय गरे पनि प्रहरीले भने कडाइ गर्ने गरेकाे छ । प्रहरीले न्युरोड, इन्द्रचाेक, असनसहित काठमाडाैं उपत्यकाका विभिन्न क्षेत्रमा खुलेका पसललाई बन्द गराउँदै हिँड्ने गरेका छन् । यही डरले व्यापारीहरु आधा सटर खोलेर प्रहरीसँग लुकीलुकी व्यापार गर्न बाध्य बनेका छन् । सरकारले लकडाउनकाे मोडालिटीमा कुनै परिवर्तन नगरेको बताउँदै प्रहरीले लकडाउन कार्यान्वयनमा कडाइ गरिरहेको बताएकाे छ ।

२६ नेपाली लिएर काठमाडौं आयो म्यानमार एयर फोर्सको विमान

म्यानमारमा अलपत्र २६ जना नेपाली शुक्रबार स्वदेश फर्किएका छन् । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन र अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएसँगै म्यानमारमा अलपत्र २६ जना नेपाली शुक्रबार स्वदेश फर्किएका हुन् । शुक्रबार बिहान उनीहरुलाई म्यानमारबाट म्यानमार एयर फोर्सको विमानले काठमाडौंसम्म ल्याइदिएको हो ।

पुस्तक छाप्‍न लकडाउनले छेकेन [तस्बिरहरु]

भक्तपुरको सानो ठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्रले लकडाउनको बेला किताब छापिरहेको छ । नेपाल सरकारको पूर्ण स्वामित्व रहेको जनक शिक्षा सामाग्री केन्द्रमा कक्षा ५देखि १० कक्षासम्मका एक लाख थान पुस्तकहरु छापिरहेका छन् । केन्द्रको छापाखाना लकडाउनको बेला एक हप्ता बन्द भएको र त्यसपछि पुनः सुचारु भएको प्रवक्ता चित्र आचार्यले बताए १ सय २५ जना कामदारहरु जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा दैनिक रुपमा काम गर्दै आएका छन् ।

१०१ लागे सत्यमोहन (तस्बिरहरू)

संस्कृतिविद् सत्यमोहन जोशी मंगलबारबाट १०१ वर्षमा प्रवेश गरेका छन् । वि.सं.१९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मेका थिए । नेपाली कला, संस्कृति र साहित्यमा महत्वपूर्ण योगदान दिएका जोशीको जन्मदिनका अवसरमा विभिन्न व्यक्ति, समुदायले शुभकामना दिएका छन् ।

रानीपोखरीको पुनर्निर्माण सुचारु[तस्बिरहरु]

लकडाउनको कारण रोकिएको रानीको पोखरीको पुनर्निर्माण कार्य सुरु भएको छ । चैत ११ गतदेखि निर्माण कार्य रोकिएपछि निर्धारित समयमा पोखरीको पुनर्निर्माण हुन सकेन । सरकारले वैशाख १२ गते रानी पोखरीको उद्‍घाटन गर्ने तयारी गरेको थियो ।

तोप चराको कला [तस्बिरहरु]

कलात्मक गुँड निर्माणका लागि तोप चरा पोख्त हुन्छ । रुखको हाँगामा झुन्डिएको अवस्था यो प्रजातिको चराले गुँड बनाउँछ । यसलाई इन्जिनियिरङ चरा पनि भन्‍ने गरिन्छ । भगेंरा जत्रो हुने यो प्रजातिको चराले बनाएको गुँड झन्डिएका हुन्छन् ।

‘कि त सरकारले दिनुपर्‍यो, नभए हामीले बनाएको पीपीई स्विकार्नुपर्‍यो’

कोभिड–१९ का शंकास्पद र संक्रमित बिरामीको नजिक जाने चिकित्सकका लागि अत्यावश्यक मानिएको व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अभाव हुँदा निजी अस्पतालले आफैं बनारहेका छन् । एकातर्फ सरकारले स्थानीय रुपमा बनेका पीपीई भरपर्दो छैन भनिरहेको छ । अर्कोतर्फ चीनबाट आएका पीपीई हब अस्पताल र ज्वरो क्लिनिक सञ्चालन गर्ने अस्पतालले पाउने हुन् या होइनन् भन्ने अन्योलता छ ।

काेराेना त्रासले छेकेन हाेली (तस्बिरहरु)

काेराेना भाइरस(कोभिड–१९) सन्त्रासकैबीच काठमाडाैंका मुख्य पर्यटकीयस्थल वसन्तपुर र ठमेलमा पहिलेका वर्षहरुझैं धुमधामसँग हाेली मनाइएकाे छ । तर काेराेना डरकै कारण हाेली खेल्नेहरुकाे संख्या अघिल्ला वर्षहरुभन्दा कम थियाे । विदेशी पर्यटकहरुको बाक्लाे उपस्थिति रहेकाे वसन्तपुरमा मास्क लगाएर होली खेलियाे। स्थानीय पनि मास्क लगाएर ‘ह्याप्पी होली’ भन्दै एक अर्कालाई रङ लगाइदिएर शुभकामना आदानप्रदान गरे । हेर्नुहाेस् तस्बिरहरु: