कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माघको सिमसिम पानी...(तस्बिरहरु)

मनोज पौडेल

कपिलवस्तु — बिहीबार बिहानदेखि सिमसिम पानी परिरहेकाले जनजीवन प्रभावित बनेको छ । कठ्याङ्ग्रिने चिसो रहेकै बेला भएका वर्षाले अझ चिसो थपेको छ । १० दिनदेखि राम्ररी घाम देख्न पाइएको छैन् । बिहानदेखि परेको झरीले सर्वसाधारणहरु छाता, रेनकोट र ओतिने वस्तु ओढेर आवतजावत गरिरहेका थिए । पानीले बाटो हिलाम्य बनेको छ । आवतजावत गर्न सकस भइरहेको छ ।

वर्षाकै कारण बिहीबारबाट जिल्लाको हथौसा र चन्द्रौटामा मनाउन लागेको माघी महोत्सव स्थगित गरिएको छ । झरीले दैनिकी कष्टकर भएको छ । मुटु कठयांङ्ग्रिने गरी जाडो बढाएको छ । वर्षा र चिसोले सडकमा हिँड्ने निक्कै देखिएका छन् । दिनभरि घाम देखिदैन् । झरी र चिसोले सर्वसाधारण घरभित्रै खुम्चिन बाध्य बनेका छन् । घरमा आगो र हिटर बालेर न्यानो बनेर बस्नेहरु बढेका छन् । चिसो बढेपछि कपिलवस्तु, शिवराज र पिपरा अस्पतालमा श्वासप्रश्वास र दमका रोगीको उपचार गराउनेको संख्या हृवात्तै बढेको छ ।

प्रकाशित : माघ २, २०७६ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्