तस्बिरमा टुँडिखेलको माघे संक्रान्ति


काठमाडौँ — नेपालभर माघे सङ्क्रान्तिको रौनक छ । मुलुकका विभिभन्न क्षेत्रमा आ-आफ्नो परम्परा र रीतिरिवाजअनुसार यो पर्व मनाइँदैछ । काठमाडौँको टुँडिखेलमा मगर र थारू समुदायले माघे सङ्क्रान्ति भव्यताका साथ मनाएका छन् । टुँडिखेलमा दुवै समुदायका व्यक्तिले आफ्नो सांस्कृतिक पहिचान झल्कने भेषभूषा र रैथाने परिकार प्रर्दशन गरेका थिए ।



कार्यक्रममा मगर समुदायको मौलिक नृत्य हुर्रा, कौरा, मारुनी, भ्यउरे, टम्पा र सालैज्यू लगायतका नाचहरु र झाँकी समेत प्रस्तुत गरिएकाे थिए । त्यस्तै माघे संक्रान्तिका अवसरमा विभिन्न परिकारहरु बनाएर खाने प्रचलन अनुसार तरुल, सखरखण्ड, गिठ्ठा, भ्याकुर, खिचडी लागयतका परिकारहरु तयार गरी वितरण गरियाे । यस कार्यक्रमा खानेपानी तथा सरसफाई मन्त्री बीना मागर सहभागी थिइन् ।






