कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

जहाज दुर्घटनामा ज्यान गुमाएका परिवारजनलाई साथ सहयोग गर्छौं : सौर्य एयरलाइन्स

काठमाडौँ — सौर्य एयरलाइन्सले जहाज दुर्घटनामा स्थापनाकालदेखि काम गर्दै आएका सहयोगीहरू गुमाएकोमा दु:ख व्यक्त गर्दै परिवारजनलाई कम्पनीकोतर्फबाट हुन सक्नेसम्मको सहयोग गर्ने जनाएको छ ।

जहाज दुर्घटनामा ज्यान गुमाएका परिवारजनलाई साथ सहयोग गर्छौं : सौर्य एयरलाइन्स

एयरलाइन्सका अध्यक्ष दीपककुमार पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै दुर्घटनामा ज्यान गुमाएका कर्मचारी र सहयोगीहरुको निधनले आफूहरु भावविह्वल बनेको बताए ।

'सौर्य एयरलाइन्स प्रा.लि. को स्थापनाकाल देखि एउटै परिवारको रुपमा रही काम गर्दै आएका हाम्रा अनन्य मित्र एवम् सहयोगीहरुको मिति २०८१/०४/०९ गते अकल्पनीय जहाज दुर्घटनामा परी दिवंगत हुनु भएकोमा हामी अत्यन्त मर्माहत र भावविह्वल भएका छौं' विज्ञप्तिमामार्फत् अध्यक्ष पोखरेलले भनेका छन्, 'यस दुर्घटनामा परी ज्यान गुमाउनु हुने प्रतिष्ठित यति धेरै विज्ञहरुको क्षतिको कल्पना नै गर्न सकिन्नँ। यस कम्पनीले मात्रै होइन, परिवार, समाज र राष्ट्रले समेत होनहार विज्ञ व्यक्तित्व गुमाउनु परेको यस दुःखद घडीमा शोकमा रहनुभएका सम्पूर्ण परिवार र आफन्तजनहरुमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी भगवानसँग प्रार्थना गर्दछौं।'

सौर्य एयरलाइन्सको व्यवसायिक विकास र विश्वसनीयता आर्जनका लागि उनीहरूले निष्ठापूर्वक योगदान गरेको विज्ञप्तिमा छ । 'पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्ने सम्मको सहयोग, साथ र सदभाव सधैं रहने विश्वास दिलाउँछौ । साथै, यस दुर्घटनामा परी बाँच्न सफल हाम्रा अनन्य मित्र क्याप्टेन मनिष शाक्यको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौं,' विज्ञप्तिमा छ ।

प्रकाशित : श्रावण ११, २०८१ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×