कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

जहाज दुर्घटना : मृतकको शव आजै आफन्तको जिम्मा लगाइने

काठमाडौँ — सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी ज्यान गुमाएकाहरुको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । आफन्तले दिएको विवरण र शव परीक्षण रिपोर्टका आधारमा मृतकको पहिचान गरी आफन्तको जिम्मा लगाउन लागिएको हो ।

जहाज दुर्घटना : मृतकको शव आजै आफन्तको जिम्मा लगाइने

शुक्रबार अपरान्हसम्म अधिकांश शवको पहिचान भइसकेको छ भने बढी जलेका शवको पहिचानमा भने केही समस्या भएको चिकित्सकहरुले बताएका छन् ।

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डा गोपाल चौधरीका अनुसार पहिचान भइसकेका शवहरु आजै आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको छ । 'पहिचान भइसकेका शवहरु आजै आफन्तलाई जिम्मा लगाउँछौँ । पहिचान नभएको हकमा मात्रै यहाँ राखिन्छ,' चौधरीले भने ।

बुधबार बिहान ११:११ बजे काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।

प्रकाशित : श्रावण ११, २०८१ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×