कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

उपराष्ट्रपति यादवसँग अस्ट्रेलियाली राजदूतको बिदाइ भेट

काठमाडौँ — उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार शिष्टाचार बिदाइ भेट गरेका छन् ।

उपराष्ट्रपति यादवसँग अस्ट्रेलियाली राजदूतको बिदाइ भेट

उक्त अवसरमा नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध, आपसी हित र चासोको विषयमा कुराकानी भएको उपराष्ट्रपति यादवको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले नेपालको लागि अस्ट्रेलियाली राजदूतको रुपमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत भोल्कलाई बधाई तथा धन्यवाद व्यक्त गरेका थिए ।

प्रकाशित : श्रावण ११, २०८१ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×