कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

टीआरसीमा सहमति जुटाउन सहजीकरण कार्यदलको बैठक जारी

काठमाडौँ — सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक सिंहदरबारमा जारी छ । बैठक आज बिहान सिंहदरबारस्थित गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा शुरु भएको हो ।

टीआरसीमा सहमति जुटाउन सहजीकरण कार्यदलको बैठक जारी

बैठकमा नेपाली काँग्रेसको तर्फबाट कार्यदलका सदस्य गृहमन्त्री रमेश लेखक, नेकपा एमालेको तर्फबाट प्रमुख सचेतक महेशकुमार बर्तौला र नेकपा (माओवादी केन्द्र) को तर्फबाट उपमहासचिव जनार्दन शर्मा छन् ।

बैठकमा टिआरसी विधेयकसम्बन्धी सहमति हुन बाँकी बुँदाहरुमा छलफल गरी टुंग्याइने बताइएको छ । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक संसदमँ विचाराधीन छ । दलहरूबीच बालसेनाको मामिलालाई ऐनमा कसरी उल्लेख गर्ने र मेलमिलापका घटनामा पीडितको स्वतन्त्र सहमति नभए के गर्ने भन्नेबारे छलफल सुरु भएपनि निस्कर्षमा पुगिसकेको छैन । साथै पीडितको स्वतन्त्र सहमतिका बारेमा निस्कर्ष निस्कन सकेको छैन ।

प्रकाशित : श्रावण ११, २०८१ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×