कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

नेपालको राजनीतिमा महिलाहरुको योगदानलाई नजरअन्दाज गर्न मिल्दैन : उपप्रधानमन्त्री सिंह

काठमाडौँ — उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानबाट प्राप्त अधिकारको संरक्षणमा लाग्नुपर्ने बताएका छन् । बुधवार काठमाडौंको धापासीमा नेपाल महिला संघ केन्द्रीय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास गर्दै उनले अहिले नेपालीहरुले पाएको अधिकारका लागि महिलाहरुको योगदान अतुलनीय रहेको बताए ।

नेपालको राजनीतिमा महिलाहरुको योगदानलाई नजरअन्दाज गर्न मिल्दैन : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रबाट प्राप्त अधिकारका लागि नेपाली महिलाहरुले गरेको योगदानलाई नजरअन्दाज गर्न नहुने बताए ।

उनले भने, ‘यो भवन समयमै सम्पन्न होस् । उद्घाटन हुँदा हाम्रै पार्टी सभापतज्यिुबाट हुँदा अझ राम्रो हुन्छ । अधिकार प्रप्त गर्नका लागि मंगलादेवी लगायतका महिला नेतृहरुको धेरै योगदान रहेको छ । हामी सबैले त्यसको गम्भीरतालाई हामी सबैले बुझ्नुपर्छ । २००७ सालमा प्राप्त गरेको अधिकार २०१७ सालमा गुमिसकेपछि फेरि पनि गुमेका अधिकारहरुलाई पुनः प्राप्ति गर्नको लागि मंगलादेवी सिंह लगायत शैलजा आचार्यहरु सबै जेल गएको कुरा तपाईं हामी सबैले बिर्सिनु हुँदैन । अहिले हामी जुन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक जुन संविधानबाट जुन प्राप्त गरेका अधिकारहरु छन् । ती अधिकारहरु प्राप्त गर्नको लागि हाम्रो पार्टीका धेरै महिला नेतृहरुले धेरै ठूलो योगदान दिनुभएको छ । त्यसैले अहिले आएर हामीले भेला भएर आफ्ना कुरा राख्नसक्ने अवस्थामा पुगेको कुरालाई नजरअन्दाज गर्नु हुँदैन ।’

उपप्रधानमन्त्री सिंहले मंगलादेवी सिंहको नाममा शिलान्यास भएको भवन छिटै बनाइसक्नुपर्ने र पार्टी सभापति शेरबहादुर देउवाको हातबाटै उद्घाटन गर्दा राम्रो हुने बताए। २००७ सालमा प्राप्त गरेको अधिकार २०१७ सालमा गुमिसकेपछि फेरि गुमेका अधिकारहरुलाई पुनः प्राप्ति गर्न मंगलादेवी सिंह र शेलजा आचार्य लगायतका महिलाहरुको योगदान अविष्मरणीय रहेको बताए ।

प्रकाशित : श्रावण २, २०८१ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा घुमाउरो तरिकाबाट सांसदको तजबिजमा खर्च गर्न पाउनेगरी बजेट बाँड्ने तयारीबारे तपाईंको राय के छ ?

×