कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

जसपाको परीक्षाको घडी हो, उपेन्द्रजीले खुट्टा दर्‍हो टेक्नुभएको छ : नेपाल

अजित तिवारी

जनकपुर — नेकपा(एस)का अध्यक्ष माधवकुमार नेपालले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल चुनौतिविच अगाडि बढिरहेको बताएका छन् । उनले विचार र मन मिलेकाले जसपालाई एकैसाथ अगाडी बढ्न पनि आग्रह गरे ।

जसपाको परीक्षाको घडी हो, उपेन्द्रजीले खुट्टा दर्‍हो टेक्नुभएको छ : नेपाल

‘जसपाका लागि अहिले परीक्षाको समय हो । उपेन्द्रजीले खुट्टा कमाउनु भएको छैन,’ जसपा नेपालको प्रथम महाधिवेशन उद्घाटन समारोहमा बोल्दै पूर्व प्रधानमन्त्री नेपालले भने,‘उपेन्द्रजी पार्टीभित्र र वाहिरका सबै चुनौतिको सामना गर्न भिड्नु भएको छ । संघ र प्रदेश सरकारमा हामी संगै थियौ । समाजवादी मोर्चामा सँगै छौं ।’

नेकपा(एस)का अध्यक्ष नेपालले जसपा नेपालसँग विचार र मन मिलेकाले एकैसाथ अगाडी बढ्न निम्तोसमेत दिए । ‘हामी मिलेर अगाडी बढ्नुपर्छ । विचार र मन मिले एकैसाथ हिँड्न अरु कुरा बाधक हुँदैन,’ नेपालले भने,‘राजनीतिमा स्वार्थी, व्यक्तिवादी, डाहा–रिस गर्ने प्रवृति बढेको छ । मैले के पाएँ भन्दापनि मैले के दिएँ, त्यो चिन्तनबाट काम गर्नुपर्छ ।’

यस्तै, महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष स्वर्णिम वाग्लेले संविधानमा देखिएका समस्या संविधानकै प्रावधान टेकेर सच्याउनुपर्ने बताए । ‘राजनीति नारामा मात्र रुम्लियौं । जनतालाई डेलेभरी दिएनौं भने समस्या हुन्छ,’ उनले भने,‘व्यक्ति र दललाई खुइल्याएर होइन, सिस्टमको खोटलाई पहिचान गर्दै सच्याउनुपर्छ ।’ उनले महाधिवेशनले जसपालाई नयाँ उर्जा पाओस भन्ने शुभकामना पनि दिए ।

जनता समाजवादी पार्टी नेपालको जनकपुरमा सोमबार अपरान्हदेखि सुरु भएको प्रथम महाधिवेशनको पार्टीका अध्यक्ष उपेन्द्र यादवले पानसमा बत्ती बालेर महाधिवेशनको शुभारम्भ गरेका छन् ।

प्रकाशित : जेष्ठ २८, २०८१ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×