कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

प्रेस स्वतन्त्रताबिना लोकतन्त्र दिगो हुँदैन : पूर्वराष्ट्रपति यादव

दीपक परियार

पोखरा — पूर्वराष्ट्रपति रामवरण यादवले प्रेस स्वतन्त्रताबिना लोकतन्त्र दिगो नहुने बताएका छन् । पोखरामा शुक्रबार पत्रकार महासंघ कास्कीको ई–लाइब्रेरी तथा स्रोत केन्द्रको उद्घाटन गर्दै उनले सञ्चार जगतले नै लोकतन्त्रलाई बलियो बनाएको बताए ।

प्रेस स्वतन्त्रताबिना लोकतन्त्र दिगो हुँदैन : पूर्वराष्ट्रपति यादव

उनले पोखराको पुस्तकालयको इतिहासमा महासंघले इँटा थप्ने काम गरेको उल्लेख गरे । पठन संस्कृति विकासमा महासंघ कास्कीले स्थापना गरेको पुस्तकालय तथा स्रोत केन्द्रले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले पत्रकारका लागि निर्माण गरिएको पुस्तकालय एवं स्रोत केन्द्रको स्थापनाले अध्ययन शैलीमा परिवर्तन आउने उल्लेख गरे । प्रेस स्वतन्त्रतालाई आत्मसात् गर्दै सामाजिक उत्तरदायित्व वहन गर्न पुस्तकालय महत्त्वपूर्ण साबित हुने उनले बताए ।

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले केन्द्रले गर्न नसकेको काम कास्की शाखाले गरेको उल्लेख गरे । उनले केन्द्रले पनि पुस्तकालय निर्माण कार्यलाई अगाडि बढाएको तर आर्थिक स्रोतको आभावमा पूरा गर्न नसकेको हुँदा ४० प्रतिशत काम थाती रहेको बताए ।

पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले ई–लाइब्रेरी निर्माणले कास्की र गण्डकी प्रदेशका पत्रकारको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने उल्लेख गरिन् । कानुन, संचार तथा प्रदेशसभा मामिला मन्त्रालय गण्डकी प्रदेशको ४० लाख र पोखरा महानगरपालिकाको १५ लाखको आर्थिक सहयोगमा पत्रकार महासंघ कास्कीको पत्रकार पुस्तकालय (ई–लाइब्रेरी) र स्रोत केन्द्रको स्थापना गरिएको उनले जानकारी दिइन् ।

पुस्तकालयमा मार्टिन चौतारी, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), प्रेस काउन्सिल नेपाल, केन्द्रीय पुस्तकालय त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एन-प्याब्सन) लगायतले पुस्तक सहयोग गरेका छन् ।

प्रकाशित : जेष्ठ ११, २०८१ २२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×