कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९
सहकारी ठगी प्रकरण

संसदीय छानबिन समितिको क्षेत्राधिकार टुंगो लगाउन कार्यदलको बैठक जारी

काठमाडौँ — सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको क्षेत्राधिकारको टुंगो लगाउन अहिले कार्यदलको बैठक बसिरहेको छ । बस्ने भएको छ । मंगलबार बिहान कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यदलको बैठक बसेको हो । सत्ता पक्ष र प्रतिपक्षबीच टकराव बढिरहेका बेला फेरि एकपल्ट सहमति खोज्ने प्रयास गरिएको हो । 

संसदीय छानबिन समितिको क्षेत्राधिकार टुंगो लगाउन कार्यदलको बैठक जारी

मंगलबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्नुअघि दलहरूले सहमति जुटाउन खोजेका हुन् । संसदीय छानबिन समितिको क्षेत्राधिकार तोक्नका लागि कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र रास्वपा सांसद शिशिर खनाल सम्मिलित कार्यदल बनाइएको छ । मंगलबारको बैठकमा कांग्रेस नेता ज्ञानेन्द्र कार्कीसमेत सहभागी छन् ।

सरकारले छानबिन समितिको क्षेत्राधिकारमा सहमति नभए संसद् अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने तयारीसमेत गरेको छ ।

प्रकाशित : जेष्ठ ८, २०८१ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×