कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

संसद् अधिवेशनको अन्त्य स्वभाविक प्रक्रियाबाट भएको हो : सञ्चारमन्त्री शर्मा

काठमाडौँ — सरकारले संसद्को चालु अधिवेशनको अन्त्य स्वभाविक प्रक्रियाअन्तर्गत भएको बताएका छन् । आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसद् अधिवेशन स्वभाविक प्रक्रियाअन्तर्गत अन्त्य भएको बताइन् । 

संसद् अधिवेशनको अन्त्य स्वभाविक प्रक्रियाबाट भएको हो : सञ्चारमन्त्री शर्मा

उनले स्वभाविक रुपमा भएको संसद् अधिवेशनलाई अरु अर्थमा बुझ्न नहुने बताए । उनले सरकार संसद्‌मा उठेका प्रश्नबाट भाग्न खोज्यो भन्ने नेपाली कांग्रेसको आरोप गलत भएको बताए ।

‘संसद्को एउटा अधिवेशनबाट अर्को अधिवेशनमा पुग्नका निम्ति हामीलाई केही समय चाहिन्छ । हाम्रा नियमावली, संविधानका व्यवस्था छन् । त्यो व्यवस्थाअनुसार हाम्रो केही समय संसद् अधिवेशन बन्द गर्नैपर्ने हुन्छ । अब हाम्रो बजेट अधिवेशन नजिक आउँदैछ । यस पटक बजेट कार्यक्रममा नयाँपन दिने पनि हामीले भनेका छौँ । त्यही अनुसार हामीले सिद्धान्त र प्राथमिकता एक खालले पारित गरिसकेका छौँ,' मन्त्री शर्माले भनिन्, 'सिद्धान्त र प्राथमिकतामा धेरै सल्लाह र सुझावहरु आएका छन् । त्यसलाई परिमार्जन गर्नुपर्नेछ ।'

उनले अहिले सरकारको ध्यान नीति तथा कार्यक्रम र बजेटको तयारी गर्नेमा केन्द्रीत रहेको बताइन् । उनले एउटा अधिवेशनबाट अर्को अधिवेशनमा पुग्नका निम्ति संसद् अधिवेशन बन्द गर्नैपर्ने बाध्यता रहेको बताइन् ।

प्रकाशित : वैशाख २, २०८१ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×