कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग गरे भेटघाट

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरेका छन् । मा‌ओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा निवर्तमान उपप्रधानमन्त्री नारायणकाजीलाई साथमा लिएर प्रधानमन्त्री दाहाल काठमाडौंको कोटेश्वरस्थित नेपाल निवास पुगेका थिए । 

प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग गरे भेटघाट

प्रधानमन्त्रीको सचिवालयका अनुसार पूर्वप्रधानमन्त्री नेपालको स्वास्थ्यलाभको कामना गर्नका लागि दाहाल कोटेश्वर पुगेका हुन् । दाहालले सोमबार साँझ नेपालसँग भेटघाट गरेका हुन् ।

एमाले र माओवादी केन्द्रसहितको सत्ता गठबन्धन बनेपछि प्रधानमन्त्री दाहाल एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेट्न गएका हुन् । उक्त गठबन्धनमा एकीकृत समाजवादी जाने कि नजाने भन्ने यकिन भइसकेको छैन । माओवादीले भने एकीकृत समाजवादीलाई पनि गठबन्धनमा सहभागी गराउनुपर्ने निर्णय गरेको छ ।


प्रकाशित : फाल्गुन २१, २०८० २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×