कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रको बजेट बढाउँछौँ : प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्ष स्वास्थ्य क्षेत्रको बजेट बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवन उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले  स्वास्थ्यसम्बन्धी हकलाई व्यवहारमा कार्यान्वयन गर्न सरकार क्रियाशील रहेको बताएका हुन् । 

आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रको बजेट बढाउँछौँ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री दाहालले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिरहेको बताए । उनले देशभरका सबै अस्पतालमा १० प्रतिशत शय्या गरिब,विपन्न र असहाय नागरिकका लागि निःशुल्क उपलब्ध गराउने व्यवस्था, महिलाहरुमा देखापर्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिरहेको पनि बताए ।

स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षाका कार्यक्रम, विपन्न बिरामीहरुका लागि अनुदानको व्यवस्था, लगायत महत्त्वपूर्ण निर्णय भइ कार्यान्वयनमा आएको पनि उनले बताए । उनले संविधानअनुरुप निर्माण गरिनुपर्ने ऐनहरूको तर्जुमाका निमित्त नेपाल सरकारले गम्भीर पहल लिइरहेको पनि बताए । उनले सरकारका प्रयासले स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण सुधार हुने विश्वास लिएको बताए । प्रधानमन्त्री दाहालले सरकारको बजेट निर्माणको प्रक्रिया नयाँ शिराबाट अघि बढाइएको बताए ।

प्रकाशित : फाल्गुन १८, २०८० ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×