कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सरकारले सुशासनको हल्लामात्रै गर्‍यो : महासचिव पोखरेल

काठमाडौँ — नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले सुशासनको हल्लामात्रै बढी गरेको बताएका छन् । जनकपुरधामस्थित विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गठबन्धन सरकार पूर्णरुपमा असक्षम र असफल सावित भएको दाबी गरे । उनले एमाले सरकारमा रहँदा अघि बढाएको विकास निर्माणका कामहरुले अहिले गति लिन नसकेको बताए ।

सरकारले सुशासनको हल्लामात्रै गर्‍यो : महासचिव पोखरेल

‘पहिलो कुरा त गठबन्धन सरकार पूर्णरुपमा असक्षम र असफल सावित भएको छ । खासगरी नेकपा एमाले सरकारमा रहँदा विकास निर्माणका कामहरु जुन गतिका साथ अघि बढेका थिए, तराई मधेसकै विकास र समृद्धिको यात्रामा जुन प्रकारको तीब्रता देखिएको थियो । सिंगो राष्ट्रको विकास र समृद्धिमा जस्तो तिब्रता देखिएको थियो,' उनले भने, 'गठबन्धन सरकार बनेपछि त्यो रोकिएको छ । एक प्रकारले यति बेला सरकार खर्च जुटाउने कुरामा पनि असफल छ ।'

उनले वर्तमान सरकार खर्च जुटाउने कुरामा पनि असफल रहेको बताए । शिक्षक, कर्मचारीले पारिश्रमिक समेत आन्तरिक ऋण उठाएर खुवाउनुपर्ने अवस्था अहिलेको सरकारले सिर्जना गरेको उनको आरोप छ । 'शिक्षक, कर्मचारीको तलव आन्तरिक ऋण उठाएर खुवाउनुपर्ने अवस्था छ । पुँजीगत खर्च इतिहासकै अत्यन्त कमजोर अवस्थामा छ । पुँजीगत खर्च भविष्यमा देश कस्तो बन्छ भन्ने कुराको आधार हो,' उनले भने, 'त्यसमा पनि सरकार असफल छ । सुशासनमा सरकार कति असफल र निकम्मा छ भन्ने कुरा अनुसन्धानका लागि मन्त्रीहरु झण्डा हल्लाएर अख्तियार धाइरहेका छन् । सामान्यतया अभियोग लागेपछि र अनुसन्धानको प्रक्रिया सुरु भएपछि पदमा बसिरहन मिल्दैन ।'

महासचिव पोखरेलले मन्त्री दोषी ठहर हुँदासमेत राजीनामा नदिएको भन्दै आपत्ति जनाए ।

प्रकाशित : फाल्गुन १८, २०८० १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×