कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

माओवादी केन्द्रका कारण गठबन्धन तलमाथि हुँदैन : मन्त्री शर्मा

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सत्तारुढ माओवादी केन्द्रका कारण गठबन्धन तलमाथि नहुने दाबी गरेकी छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री शर्माले आफूहरुको कारणले गठबन्धन तलमाथि नहुने बताइन् ।

माओवादी केन्द्रका कारण गठबन्धन तलमाथि हुँदैन : मन्त्री शर्मा

उनले माओवादी केन्द्रभित्र पार्टीले राष्ट्रिय सभाको अध्यक्ष पाउनु पर्ने विषय उठेको भन्दै यसमा गठबन्धनले सहयोग गर्नुपर्ने बताइन् । उनले माओवादी केन्द्र राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल बनेको भन्दै अध्यक्षमा दाबी गर्नु अन्यथा नभएको बताइन् ।

‘गठबन्धनमा खटपट आयो भन्ने कुरा छैन । माओवादी राष्ट्रिय सभामा ठूलो पार्टीको रुपमा पनि आयो । अर्कोकुरा, जुन बिग सिक्स छ । अहिले आउँदा माओवादीमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखदेखि लिएर राष्ट्रिय सभासम्म कहीँ पनि माओवादीको उपस्थिति छैन । प्रधानमन्त्री हुनुहुन्छ, आफ्नो ठाउँमा छ,' उनले भनिन्, 'अहिले जति विषयहरु उठेका छन्, त्यो विषयले माओवादीले नै राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारको दाबी गर्न पाउनुपर्छ र यसमा गठबन्धनले पनि सहयोग गर्नुपर्छ भन्ने आशयबाट स्थायी कमिटी बैठकमा कुरा उठेको हो ।'

उनले सो विषयमा स्थायी कमिटीमा सर्वसहमति कायम रहेको र त्यहीअनुसार पार्टीले राष्ट्रिय सभा अध्यक्षमा दाबी गरेको बताइन् । उनले त्यहीकारण गठबन्धनमा खटपट आएको भन्ने कुरामा सत्यता नरहेको बताइन् ।

प्रकाशित : फाल्गुन १८, २०८० १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×