कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

दिगो विकासका लक्ष्यअनुरुप बजेट र कार्यक्रम ल्याइनुपर्छ : सांसद पन्थ

काठमाडौँ — नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले सरकारले दिगो विकासका लक्ष्य हासिल हुने गरी बजेट र कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा उनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सरकारले बजेट बनाउँदा दिगो विकासका लक्ष्यहरु अगाडि राखेर काम गर्नुपर्ने बताए । 

दिगो विकासका लक्ष्यअनुरुप बजेट र कार्यक्रम ल्याइनुपर्छ : सांसद पन्थ

उनले विनियोजनको सिद्धान्त र प्राथमिकता व्यवस्था परिवर्तनसँगै अवस्था परिवर्तनको महशुस हुने गरी सर्वसाधारण जनताको जीवनस्तर परिवर्तनलाई केन्द्रमा राखेर संशोधन गर्नुपर्ने बताए । भ्रष्टाचारको अन्त्य र सुशासनको सुनिश्चितता अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो ।

‘दिगो विकासका लक्ष्य हासिल हुने गरी अबको बजेट र कार्यक्रम आउन जरुरी छ । विनियोजनको सिद्धान्त र प्राथमिकता व्यवस्था परिवर्तनसँगै अवस्था परिवर्तनको महशुस हुने गरी सर्वसाधारण जनताको जीवनस्तर परिवर्तनमा केन्द्रीत गर्न आवश्यक छ,' उनले भने, 'स्थानीय तह र प्रदेशलाई अधिकार सम्पन्न गराउने गरी, बलियो र सक्षम बनाउने गरी संघीयता सबलीकरणमा फोकस गर्नुपर्छ ।'

उनले मुलुकको समृद्धिको लागि सामाजिक न्याय अपरिहार्य भएको दाबी गरे ।

प्रकाशित : फाल्गुन १७, २०८० १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×