कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

कर्णालीको विकासमा राजनीति गर्नुहुँदैन, सबै हातेमालो गरौं : उपप्रधानमन्त्री खड्का

कान्तिपुर संवाददाता

काठमाडौँ — उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णालीको विकासका लागि कसैले पनि राजनीति गर्न नहुने बताएका छन् । उनले कर्णाली प्रदेशको शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रलगायतको विकासका लागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए । 

कर्णालीको विकासमा राजनीति गर्नुहुँदैन, सबै हातेमालो गरौं : उपप्रधानमन्त्री खड्का

कालिकोटको सुनथराली विमानस्थलको सोमबार उद्घाटन गर्दै उपप्रधानमन्त्री खडकाले कर्णालीमा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा गरिएका प्रतिबद्धता पूरा गरिने पनि बताए । हरेक बजेटमा कर्णालीलाई प्राथमिकता दिएको आएको बताउँदै उनले यहाँका समस्याबारे आफू जानकार रहेको बताएका थिए । उनले भने, ‘कर्णालीको विकासमा राजनीति गर्न हुँदैन । सबै मिलेर कर्णालीको विकासमा हातेमालो गरौं । कर्णाली राजमार्ग, भेरी कोरिडोर, मुगुका प्रमुख सडकहरू निर्माण गर्नेदेखि विद्युत् उत्पादनका क्षेत्रका कामहरूमा पनि सबैले हातेमालो भएर लाग्नुपर्छ ।’

कालिकोटको सुनथराली विमानस्थल उद्घाटन कार्यक्रममा खड्काले प्रतिबद्धता अनुसार नेपाल एयरलाइन्सको जहाजले सातामा एक दिन उडान भर्ने बताए । उनले निर्वाचनका बेला कर्णालीमा भएका चुनावीसभाहरूमा व्यक्त गरेका प्रतिबद्धताहरू पूरा हुँदै गएको पनि दाबी गरे । निर्वाचनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल र आफूले कालिकोटमा सम्बोधन गर्ने क्रममा बोलेको कुरामध्ये एउटा काम विमानस्थल निर्माण गरी पूरा गरिएको बताए ।

कालिकोटका नागरिकलाई यातायातमा सहज हुनेगरी तीनै तहका सरकारले समन्वय गर्ने पनि उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले बताए । उनले वर्तमान प्रधानमन्त्री र आफूले निर्वाचनका बेला कर्णालीमा गरेका प्रतिवद्धता क्रमश: पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको बताए ।

कालिकोटको शिक्षा, स्वास्थ्य, पूर्वाधार र यातायाततर्फको विकासमा सबै एकताबद्ध भएर लाग्नुपर्ने पनि उनको भनाइ थियो । 'कालिकोटको विकासको लागि केन्द्र सरकारको तर्फबाट पहल गरिरहेको छु, कालिकोटका पर्यटकीय क्षेत्रको विकासको लागि र कर्णाली प्रदेशको विकासको लागि नेपाल सरकारले एक किसिमको खाका तयार गरेको छ,' उनले भने ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले १०-१५ वर्षमा कर्णालीलाई समृद्ध प्रदेश बनाउन सकिने दाबी गर्दै त्यसका लागि सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा पर्यटनमन्त्री सुदन किराँती, मुख्यमन्त्री राजकुमार शर्मा, पूर्वमुख्यमन्त्री तथा सांसद महेन्द्रबहादुर शाही र पूर्वमुख्यमन्त्री तथा कर्णाली प्रदेशसभा सदस्य जीवनबहादुर शाहीलगायतको उपस्थिति थियो ।

प्रकाशित : फाल्गुन १४, २०८० १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×