कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

उपकुलपति नियुक्तिबारे शिक्षा सचिवले भने- 'दरखास्त दिनेलाई छोडेर अब बजारमा खोज्न मिल्दैन'

काठमाडौँ — शिक्षा सचिव सुरेश अधिकारी त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा जसले दरखास्त दियो अब त्यही भित्रबाट मात्र नियुक्ति हुने बताएका छन् । उपकुलपतिको सर्टलिस्टमा परेका व्यक्तिहरुमाथि प्रश्न उठिरहेका बेला शिक्षा सचिव अधिकारीले अब कानुनअनुसार उनीहरु मध्येबाटै छनौट हुने बताए ।

उपकुलपति नियुक्तिबारे शिक्षा सचिवले भने- 'दरखास्त दिनेलाई छोडेर अब बजारमा खोज्न मिल्दैन'

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ तथा प्रविधि समितिको सोमबारको बैठकमा सांसदहरुले उपकुलपतिको सर्टलिस्टमा प्रश्न उठाएपछि सचिव अधिकारीले उक्त जवाफ दिएका हुन् । 'जसले म योग्य छु भनेर दरखास्त दियो उसलाई बनाउने हो । तिमीहरू योग्य छैनौं अब हामी बजारमा खोज्छौं भन्न मिल्दैन । हामीलाई कानुनले दिँदैन' उनले भने ।

संसदीय समितिमा मन्त्री नै जिम्मेवार हुने भएकाले सचिवले सांसदहरूसँग सवालजवाफमा उत्रिन मिल्ने बताए । समितिमा शिक्षामन्त्री उपस्थित थिएनन् । समितिले त्रिविको उपलकुलपति छनौटबारे छलफल गर्न सोमबार मन्त्रीसहितलाई बैठकमा बोलाएको थियो ।

सचिव अधिकारीले बौद्धि चोरीमा परेकोबारे थप बुझ्नु पर्ने बताए । उपकुलपतिका लागि दरखास्त दिएकाहरूले पेस गरेका भिजन पेपरहरु भने छनोट प्रक्रिय पुरा नहुँदासम्म सार्वजनिक गर्न नमिल्ने उनले जानकारी दिए ।

बैठकमा सांसद सुमना श्रेष्ठले उपसमिति बनाउन सक्ने बताइन् । उनले पनि बौद्धिक चोरीमा परेका व्यक्ति छनौट भएकोबारे प्रश्न गरेकी थिइन् । 'हामीले जादुगर भिसी खोजिरहेका छैनौं । एउटा भिसी नियुक्त भएपछि विश्वविद्यालयका सबै समस्या समाधान गर्छ भन्ने छैन । एकेडेमिक र म्यानेजिरियल क्षमता भएको व्यक्तिलाई खोजिरहेका छौं' उनले भनिन्,' भिसी राम्रो एकेडेमिक हुनुपर्छ । जादुको छडी भएको हुँदैन । चमत्कार गर्ने मान्छे खोज्यो भने कोही पनि नआउन सक्छ । रातारात टियूलाई ठूलो ट्रान्सफर्म गर्न सक्ने मान्छे खोजेका छैनौं ।'

सांसद ईश्वरी घर्तीले निमित्त उपकुलपतिलाई नै उपकुलपति बनाउने प्रपञ्च गरेको जस्तो देखिएको बताए ।

'यस्तो हो भने नाटक किन गरेको । खुट्टी हेरेरै थाहा पाइयो । त्रिविलाई राजनीतिबाट मुक्त गर्छु भनेर प्रधानमन्त्रीले भाषण नछाँट्दा हुन्छ' उनले भने ।

प्रकाशित : माघ २९, २०८० १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×