कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

गठबन्धन राजनीतिले भ्रष्टाचार बढायो, प्रत्यक्ष कार्यकारी निर्वाचन प्रणालीमा जाऔं : सांसद देव

काठमाडौँ — नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद जितेन्द्रनारायण देवले राजनीति गठबन्धन गर्दा भ्रष्टाचार बढाएको बताएका  छन् । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । उनले गठबन्धनको राजनीति देशका लागि राम्रो नभएको बताए । एउटा नेताले काम गर्न खोज्दा अर्कोले खुट्टा तान्ने काम गरेको उनको धारणा थियो ।

गठबन्धन राजनीतिले भ्रष्टाचार बढायो, प्रत्यक्ष कार्यकारी निर्वाचन प्रणालीमा जाऔं : सांसद देव

‘गठबन्धनको राजनीति, अहिलेको गठबन्धनलाई मात्रै म भन्दिनँ । गठबन्धनले भ्रष्टचार बढायो । एउटा नेताले काम गर्न खोज्छ, अर्को नेताले खुट्टा तान्छ । त्यसकारण कार्यकारी प्रत्यक्ष निर्वाचन गर्नेगरी संविधानमा संशोधन गर्ने हो की ! जो आउँछ ५ वर्ष काम गर्छ, काम गरेन भने जनताले नै सजाय दिन्छन्' उनले भने ।

राष्ट्रिय परिस्थिति अत्यन्त चुनौति र संकटपूर्ण रहेको उल्लेख गर्दै उनले अहिले सम्पूर्ण राजनीतिक शक्तिहरूलाई चुनौती खडा भएको बताए । 'व्यवस्थामाथि नै प्रश्न खडा भइरहेको छ । अस्ति २२ गतेको बैठकमा दलका नेताज्यूहरुले जुन ढंगले विदेश पलायनको परिस्थिति राख्नुभयो, र व्यवस्थामाथि नै प्रश्न खडा भइरहेको छ भन्ने जुन गम्भीरता र जुन उचाईमा कुराहरु राख्नुभयो । आज देशका राजनीतिक नेतृत्वले यो वा त्यो खाली गठबन्धन वा प्रतिपक्ष भन्ने होइन, जो हामी आजको नयाँ परिवर्तन ल्याएका छौं, त्यो परिवर्तन ल्याउने राजनीतिक नेतृत्वले आज त्यो हाइटबाट सोच्ने की नसोच्ने ? व्यवस्थालाई बचाउने की नबचाउने ?' उनले भने ।


प्रकाशित : माघ २९, २०८० १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×