कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

बेलायती मन्त्री मिचेलको भ्रमण सर्‍यो

काठमाडौँ — बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल र विकास कार्यालयका मन्त्री एन्ड्रयु मिचेलको सोमबार र मंगलबार हुने भनिएको भ्रमण केही दिनपछिलाई सरेको छ ।

बेलायती मन्त्री मिचेलको भ्रमण सर्‍यो

परराष्ट्र स्रोतका अनुसार मिचेल केही दिन बेलायतको संसद्मा व्यस्त हुनुपर्ने भएपछि भ्रमण पछि धकेलिएको हो । नयाँ मिति भने आइसकेको छैन । एक साता अघिमात्र बेलायतका सेनाध्यक्ष प्याट्रिक स्यान्डर्स नेपाल भ्रमण गरी फर्केका थिए ।

भ्रमणको अवसरमा मिचेलले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री प्रकाशशरण महत लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

नेपाल र बेलायत बीच सन् १९२३ को शान्ति तथा मैत्री शान्ति हस्ताक्षर भएको थियो । त्यसै अवसरमा बेलायतबाट नेपालमा भ्रमणहरु बढिरहेका छन् । बेलायतका सेनाध्यक्ष प्याट्रिक स्यान्डर्सले माघको तेस्रो साता नेपालको चार दिने भ्रमण गरि फर्केका थिए ।

प्रकाशित : माघ २९, २०८० २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×