कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्ने एमालेको अडान कायमै :  प्रमुख सचेतक गिरी

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने आफ्नो पार्टीको अडान कायमै रहेको बताएको छ । 

प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्ने एमालेको अडान कायमै :  प्रमुख सचेतक गिरी

एमालेका प्रमुख सचेतक पदम गिरीले प्रमुख तीन दलको बैठकले पनि निकास नदिएकाले प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्ने एमालेको अडान यथावत रहेको प्रस्ट्याएका हुन् । संघीय संसद् भवन परिसरमा आइतबार अपराह्न सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले प्रधानमन्त्री दाहालले मुलुकको स्वाभिमान, स्वाधिनता र सार्वभौमिकतालाई माटोमा मिलाउने गरी दिएको अभिव्यक्ति कुनै पनि हालत क्षम्य नहुने दोहोर्‍याए ।

प्रमुख सचेतक गिरीले प्रधानमन्त्री दाहालले आफूले दिएको अभिव्यक्तिप्रति संसद्‌मा उभिएर माफी मागे संसद् सुचारु गराउन भने सकिने धारणा राखे । नेपाल राष्ट्र र नेपाली जनताको शिर निहुारिने गरी गम्भीर प्रकृतिको गल्ती भएकाले प्रधानमन्त्रीले राजीनामा दिनैपर्ने पार्टीको अडान रहेको उनको भनाइ थियो । ‘प्रधानमन्त्रीले जुन खालको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिनुभयो । त्यसले हाम्रो राष्ट्रिय स्वाभिमान र राष्ट्रिय स्वाधिनतालाई माटोमा मिलाउने काम गर्नु भएको छ । देशका बहालवाला प्रधानमन्त्रीले यो तहको अभिव्यक्ति दिने कुरा आफैंमा गम्भीर र आपत्तिजनक कुरा हो । यो निन्दनीय छ । त्यसकारणले यसलाई हामीले सामान्य रुपले लिन सक्दैनौं,' उनले भने, 'यस्तो व्यक्ति देशको प्रधानमन्त्रीको रुपमा रहनु भनेको सिंगो राष्ट्रका लागि पनि दुर्भाग्य हो । त्यसकारणले उहाँले तत्काल राजीनामा दिनुपर्छ ।'

प्रमुख सचेतक गिरीले विकसित देशहरुमा त्यहाँका कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिले त्यस्तो अभिव्यक्ति दिएको भए तत्क्षण नै राजीनामा दिइसकेको हुने जिकिरसमेत गरे ।

प्रमुख सचेतक गिरीले सरकारले मिटरब्यााज पीडितहरुको समस्या सम्बोधन गराउनका लागि त्यससम्बन्धी विधेयक संसद्‌मा नल्याएको दाबीसमेत गरे ।

प्रकाशित : असार २४, २०८० १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×