बीस जनालाई रोजगारी दिने व्यवसायीलाई तीन वर्षसम्म कर छुट दिने घोषणा

काठमाडौँ — काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि कम्तिमा २० जनालाई रोजगारी दिने व्यवसायीलाई सुरुका तीन वर्ष व्यवसाय करमा शतप्रतिशत छुट दिने घोषणा गरेको छ ।

बीस जनालाई रोजगारी दिने व्यवसायीलाई तीन वर्षसम्म कर छुट दिने घोषणा

‍शुक्रवार महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बोलन्द्र साहले यस्तो घोषणा गरे । उनले महानगरपालिकाबाट कार्यान्वयन हुने विकास निर्माणसम्बन्धी कार्यक्रममा आवश्यक जनशक्तिमध्ये कम्तिमा ३० प्रतिशत महानगरपालिकाको श्रम बैंकमार्फत आपूर्ति गरिने व्यवस्था मिलाइने बताए । उनले महानगर क्षेत्रका सहकारी संस्थाहरुको कारोबारलाई विद्युतीय प्रणालीमा आवद्ध गरी थप व्यवस्थित बनाउने बताए ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर शाहले भने, ‘कम्तिमा २० जना व्यक्तिलाई प्रत्येक्ष रोजगारी दिनेगरी नयाँ दर्ता हुने व्यवसायीलाई सुरुको तीन वर्षसम्म व्यवसाय करमा शतप्रतिशत छुट दिइनेछ । महानगरपालिकाबाट कार्यान्वयन हुने विकास निर्माणसम्बन्धी कार्यक्रममा आवश्यक जनशक्तिमध्ये कम्तिमा ३० प्रतिशत महानगरपालिकाको श्रम बैंकमार्फत आपूर्ति गरिने व्यवस्था मिलाइनेछ । महानगरपालिका क्षेत्रका सहकारी संस्थाहरुको कारोबारलाई विद्युतीय प्रणालीमा आवद्ध गरी थप व्यवस्थित बनाइनेछ । सहकारी सूचना केन्द्रको स्थापना गरी बचत संकलन ऋण परिचालन तथा संस्थाको सुशासन कार्यलाई प्रभावकारी बनाइने छ ।'

महानगरपालिकाले विद्यार्थीको मानसिक तथा शारिरीक विकासका लागि खेलकुदलाई पूर्वप्राथमिक तहदेखि अनिवार्य गर्ने नीति लिएको छ । सबै स्रोत केन्द्रमा कम्तिमा एक जना मनोपरामर्शदाता र एक जन नर्सको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै, पूर्वप्राथमिक तहका कक्षा कम्तिमा दुई तहमा सञ्चालन गर्ने व्यवस्था मिलाउने भनिएको छ ।

प्रकाशित : जेष्ठ ३२, २०८१ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x