कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

एमाले काठमाडौँको अध्यक्षमा निरौला निर्वाचित

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँ जिल्ला अध्यक्षमा पुनः दीपक निरौला निर्वाचित भएका छन् । उनी तीन सय ७० मत प्राप्त गरी निर्वाचित भएका हुन् । 

एमाले काठमाडौँको अध्यक्षमा निरौला निर्वाचित

अध्यक्षका अर्का प्रत्यासी निर्मल देउलाले एक सय ९१ मत प्राप्त गरेको अधिवेशन आयोजक कमिटीका सदस्य सरस्वति गौतमले जानकारी दिए । जिल्ला उपाध्यक्षमा विश्वराम सापकोटा, सचिवमा राजेश शाक्य र उपसचिव (खुला) मा उद्धव भण्डारी निर्वाचित भएका छन् ।

महिला उपसचिवमा विन्दु महर्जन सर्वसम्मत निर्वाचित भएका छन् । यही जेठ २६ गतेदेखि जारी महाधिवेशनमा दुई सय २५ पदमध्ये एक सय ३० पदमा निर्विरोध निर्वाचित चयन भएको थियो । आज ९५ पदका लागि मात्र निर्वाचन भएको हो ।

प्रकाशित : जेष्ठ २९, २०८१ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×