कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

युवाहरुलाई प्यालेस्टाइनको पक्षमा प्रदर्शन गर्न अवरोध

काठमाडौँ — प्यालेस्टाइनमा भइरहेको आम नरसंहार र ज्यादतिका विरुद्ध सांकेतिक विरोधमा चंगा उडाउने आफ्नो अभियानमा अवरोध पुर्‍याइएको भन्दै युवाहरुले त्यसको भर्त्सना गरेका छन् । ‘काइट्स फर प्यालेस्टाइट फ्रम काठमाडौं टु गाजा’ नाम दिएर नक्सालस्थित नारायण चौर उद्यानमा युवाहरुले सनिबार चंगा उडाउने कार्यक्रम तय थियो ।

‘तर हामीलाई अर्काको देशका बारेमा बोल्न किन पर्‍यो भनेर नारायण चौर पार्क व्यवस्थापन समितिका पदाधिकारीले कार्यक्रम गर्न दिनु भएन’ अभियानमा संलग्न मध्येकी एक अनुष्का उपाध्यायले भनिन्, ‘जहाँको भए पनि मानवअधिकार उल्लंघनको विरोध गर्न पाउने हाम्रो नागरिक अधिकारको उल्लंघन भएको छ ।’

संविधानले नै दिएको अधिकारलाई सार्वजनिक जग्गाको व्यवस्थापन गर्ने नाममा बनेको समितिले उल्लंघन गरेको भन्दै युवासमुहले प्रेस विज्ञप्ति जारी गरेर उक्त कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनी विरोधसमेत गरेको छ ।

नारायण चौर व्यवस्थापन गर्न गठित सामुदायिक सेवा केन्द्रका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठले भने उद्यानमा राजनीतिक गतिविधि गर्न नदिने नीति भएकाले युवाहरुलाई अनुमति दिन नसकिएको बताए ।

‘उद्यानमा स्वास्थ्य शिविर गर्नका लागि मात्रै दिने नीति छ’ उनले भने, ‘उहाँहरुले गर्न लागेको काम त्यसभित्र नपर्ने हुनाले दिन मिलेन ।’

प्रकाशित : चैत्र १८, २०८० २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×