कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

वायुको गुणस्तर सुधारका लागि अभियान सुरू

कान्तिपुर संवाददाता

काठमाडौँ — सहरी क्षेत्रमा बढ्दै गएको वायुको गुणस्तर सुधारका लागि समुदायको सहभागिता र सचेतना बढाउन सोमबार हाँडीगाउँबाट ‘हावाको कुरा गरौँ’ अभियान सुरु भएको छ । काठमाडौँ महानगरपालिकाले युएसएड, स्वच्छ हावा परियोजनासँगको सहकार्यमा अभियान सुरु गरेको हो । 

वायुको गुणस्तर सुधारका लागि अभियान सुरू

यस अभियानमा सवारी साधनको प्रयोगलाई कम गराउने, सवारी प्रयोग नगर्दा हुने ठाउँमा नचलाउने, यसको सट्टा हिँड्ने संस्कृति बढाउँदै लैजाने लगायत क्रियाकलाप हुने महानगरका प्रवक्ता नविन मानन्धरले बताए ।

यो सांस्कृतिक विकासका लागि आवश्यक पर्ने सहरी पूर्वाधार निर्माण गर्ने, सामाजिक र सांस्कृतिक क्रियाकलापलाई पर्यटन व्यवस्थापनसँग जोडेर स्थानीयबासीको आयमा टेवा पुर्याउने, परम्परागत उद्यम तथा उद्यमशीलताको विकासलाई प्रवद्र्धन गरिनेछ ।

यस प्रकारका क्रियाकलापबाट काठमाडौँका सम्पदाहरुको संरक्षण र प्रवर्धन तथा वातावरणीय सुधारमा टेवा पुग्नेछ । मौलिकपन र जीवन्तता पुनःस्थापना हुनेछ । यस अघि हाँडीगाउँमा यस प्रकारका क्रियाकलाप सञ्चालन गरिएका छन् । सवारी प्रवेश निषेध गरिएका ठाउँमा हाँडीगाउँको मौलिक जीवन पद्धतिसँग सम्बन्धित कला तथा सिप (सुकुल बुन्ने, काष्ठकला, माटोका भाँडा बनाउने), रञ्जना लिपी लेखन सिप, मौलिक खाना, परम्परागत वाद्यबादन, गायन तथा नृत्य र मौलिक सामाजिक खेलसहितको सडक महोत्सव गर्ने गरिएको छ ।

कला, साहित्य, सिर्जना र सहरी वातावरण सुधारका लागि काम गर्ने विभिन्न संघ संस्थाहरुले सूचना तथा जानकारीमूलक प्रदर्शनी गर्ने गरिएको छ । यी क्रियाकलापबाट सामाजिक सद्भाव वृद्धि, मौलिकताको जगेर्ना र वायुको गुणस्तर सुधारमा सहयोग पुगेको छ । यस कार्यक्रममा स्थानीयहरुको अपनत्व वृद्धि भएको छ । काठमाडौँको मौलिकता पुनःस्थापनामा हाँडीगाउँबाट थालिएको अभियान महानगरका अन्य स्थान तथा क्षेत्रसँगै उपत्यकाभित्र विस्तार हुने महानगरले जनाएकाे छ ।

'यो प्राचीन सहरको मौलिकपन फिर्ता गराउने प्रयासको प्रारम्भ हो, यसका सवल पक्ष अन्य स्थानका लागि सिकाइ बन्न सक्छन्,' उनले भने, 'सिकाइका लागि आमसञ्चारकर्मी माध्यम बन्न सक्नुहुनेछ । सांस्कृतिक हन्तान्तरणका लागि यहाँहरुबाट यस प्रकार सहयोगको अपेक्षा गरेका छौँ ।'

प्रकाशित : फाल्गुन १४, २०८० १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×