कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सडक डिभिजन काठमाडौंको भवनमा आगलागी, कागजातहरु भने सुरक्षित

काठमाडौँ — काठमाडौंको मिनभवनस्थित सडक डिभिजन कार्यालय परिसरमा रहेको एक भवनमा आइतबार आगलागी भवन पूर्णरुपमा क्षतिग्रस्त भएको छ । भवन जलेपनि कार्यालयका सरकारी कागजातहरु भने सुरक्षित रहेको डिभिजन कार्यालयले जनाएको छ । 

सडक डिभिजन काठमाडौंको भवनमा आगलागी, कागजातहरु भने सुरक्षित

कार्यालयले सोमबार विज्ञप्ति जारी गर्दै आगलागीका कारण डिभिजन प्रमुखको क्वार्टर र क्वार्टरमा रहेका सम्पूर्ण सामानहरु जलेर पूर्ण रुपमा नष्ट भएको, तर डिभिजनको अन्य भवनहरु तथा कार्यालयमा रहेका सम्पूर्ण सरकारी कागजातहरु भने सुरक्षित रहेको जनाएको छ ।

सूर्यविनायक– धुलिखेल, धुलिखेल– सिन्धुली– वर्दिवास सडक आयोजनाले उक्त कार्यालय स्थानान्तरण हुनु पूर्व प्रयोग गरिरहेको एक तल्ले पूर्व निर्मित भवन हाल सडक डिभिजन काठमाडौंका डिभिजन प्रमुखले क्वार्टरको रुपमा प्रयोग गर्दै आएका थिए ।

कार्यालयका सूचना अधिकारी प्रमोद खतिवडाका अनुसार आइतबार दिउँसो करिब २ बजे विद्युत सर्ट भएर एक्कासी त्यही भवनमा आगलागी भएको थियो । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतका वारुणयन्त्रहरुद्वारा आगो नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित : माघ २९, २०८० १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×