२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

नेपाल बैंक र जल‍जला बहुमुखी क्याम्पसबीच सम्झौता

काठमाडौँ — नेपाल बैंक र रोल्पास्थित जलजला बहुमुखी क्याम्पसबीच क्याम्पसमा अध्यापनरत स्थायी प्राध्यापक तथा कार्यरत कर्मचारीलाई सेवाग्राहि कर्जा उपलब्ध गराउने गरी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख सुशीलकुमार नेपाल र क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख खिमबहादुर खड्का क्षेत्रीले हस्ताक्षर गरेका हुन् ।

नेपाल बैंक र जल‍जला बहुमुखी क्याम्पसबीच सम्झौता

क्याम्पस प्रमुख क्षेत्रीले बैंकले प्रदान गर्दै आएको समयसापेक्ष उत्कृष्ट वित्तीय सेवाहरूबाट आफूहरू सन्तुष्ट र उत्साहित रहेको बताए । लुम्बीनी प्रदेश प्रमुख नेपालले क्याम्पसले आफ्नो वित्तीय कारोबारहरू बैंकको डिजिटल बैंकिंङमार्फत सञ्चालन गर्न अनुरोध गर्दै क्याम्पस परिवारसँग वित्तीय सहकार्य गर्न पाएकोमा खुसि व्यक्त गरे ।

प्रकाशित : जेष्ठ ३१, २०८१ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x