कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

‘राठीकोल’ को ब्रान्ड एम्बासडरमा हमाल

काठमाडौँ — राठी ग्रुपको प्रमुख उत्पादन ‘राठीकोल’ को ब्रान्ड एम्बासडरमा अभिनेता राजेश हमाल नियुक्त भएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठी र अभिनेता हमालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

‘राठीकोल’ को ब्रान्ड एम्बासडरमा हमाल

हमालले अबको एक वर्षसम्म ‘राठीकोल’का विभिन्न विज्ञापनहरूमार्फत यसको प्रचार गर्नेछन् । ‘राठी’ ब्रान्डले चलचित्रमा हमालको उत्कृष्ट विरासतलाई सदैव सम्मान गर्ने राठी ग्रुपका अध्यक्ष राठीलेबताए । यो सहकार्यले नेपाली चलचित्र र समाजको लागि महानायकको प्रतिबद्धता र ‘राठिकोल’को उत्कृष्टताको प्रतिबद्धतासँग उत्तम रूपमा मेल खाने उनको विश्वास छ ।

‘यो बिन्दुमा आएर यो ब्रान्डसँग जोडिन पाउँदा निकै खुसी लागेको छ, कुनै एउटा उत्पादनले जुन विश्वास उपभोक्तामा दिलाएर बसेको छ, त्यो ब्रान्डसँग सहकार्य गर्न पाउनु गर्वको कुरा हो,’ सहकार्यबारे बोल्दै हमालले भने ।

प्रकाशित : असार ५, २०८१ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×