कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

मिति जाँचेर मात्र आफ्ना उत्पादन प्रयोग गर्न यशोदा फूड्सको अपिल

काठमाडौँ — करेन्ट नुडल्सको उत्पादक यशोदा फूड्स प्रालिले उद्योगका उत्पादनहरुको उत्पादन मिति जाँच गरेर मात्र आफ्ना उत्पादनहरू प्रयोग गर्ने उपभोक्ताहरूमा अपिल गरेको छ ।

मिति जाँचेर मात्र आफ्ना उत्पादन प्रयोग गर्न यशोदा फूड्सको अपिल

कम्पनीले एक अपिल प्रकाशित गर्दृ उपभोग मिति समाप्त भएका उत्पादन प्रयोग नगर्न समेत अनुरोध गरेको छ ।

आफ्नो उत्पादनको गुणस्तर (क्वालीटी) मा विशेष सजगता अपनाएको उल्लेख गर्दै यशोदा फुडस्ले उद्योग स्वच्छ व्यापारिक प्रतिस्पर्धाबाट अगाडी बढ्न चाहेको उल्लेख गरेको छ ।

कम्पनीका उत्पादनलाई जोडेर केही भ्रामक प्रचार भएको भन्दै कुनै पनि काल्पनिक कुराको पछि नलाग्न अनुरोध गरेको छ । यशोदा फुडस्ले आफ्नै देशमा उत्पादित अकवरे खुर्सानी, गुन्द्रुक, तामा, टिमुर, फापर, कोदो, नेपाली उद्योगबाट उत्पादित मैदा लगायतका विभिन्न कृषि उपज प्रयोग गरी चाउचाउ लगायतका विभिन्न स्न्याक्सहरु उत्पादन गर्दै आएको छ । यसका उत्पादनहरु स्वदेश तथा भारत, जापान, युएई, बहराईन, न्यूजिल्याण्ड, अमेरीका, अष्ट्रेलिया, मलेसिया, भुटान, कुवेत, कतार, बेलायत, सिंगापुर, तिब्बत, चाइना, कोरिया, क्यानाडा, इटाली लगायतका देशहरुमा समेत निर्यात भईरहेका छन् ।

प्रकाशित : असार ५, २०८१ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×