कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

आफ्नै च्वाइसमा एनसेलको मोबाइल नम्बर लिन पाइने 

काठमाडौँ — ग्राहकहरुको ईच्छालाई मध्यनजर गर्दै एनसेलले ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले आफुलाई मनपर्ने अन्तिमको ६ वटा अंक रोजेर आफ्नो मोबाइल नम्बर आफै बनाउन सक्नेछन । यो योजनाको मोबाइल नम्बर ९७०५ नम्बर रेन्जबाट सुरु हुने एनसेलले जनाएको छ ।

आफ्नै च्वाइसमा एनसेलको मोबाइल नम्बर लिन पाइने 

सधैं अन नम्बर प्राप्त गर्न चाहने ग्राहकहरूले अन्तिम ६ अंक आफै रोजेर आफ्नो विशिष्ट मोबाइल नम्बर बनाउन सक्नेछन् । ग्राहकले सिधै एनसेल एप वा एनसेल वेबसाइटमा गएर ‘मेरो नम्बर, मेरै च्वाइस’ क्लिक गरि आफुले चाहेको मोबाइल नम्बरको पछिल्लो ६ अंक उपलब्ध भए नभएको सजिलै हेरेर तत्काल अनलाइन बुकिङ गर्न सक्ने जनाएको छ ।

‘मोबाइल नम्बर हाम्रो पहिचान बनि सकेको छ,’ एनसेलका चीफ कमर्शियल अफिसर उमेर मोहसिनले भने, ‘आफूलाई जीवरभर यादगार रहने नम्बरका आधारमा आफ्नै मोबाइल नम्बर रोज्न सकिने यो विशेष योजना सञ्चालनमा ल्याउन पाउँदा हामी एकदमै खुसी छौं ।’ ग्राहकले आफूलाई मात्र नभई आफ्नो नम्बरसँग मिल्नेगरि परिवारजन र साथीभाईलाई पनि यस्तो नम्बर रोजिदिन सक्ने उनले बताए ।

एनसेलका अनुसार ९७०५ रेन्जबाट मोबाइल नम्बर छनोट गर्नको लागि ९ लाख बढी मोबाइल नम्बरहरू उपलब्ध छन् । एनसेलले फस्ट कम, फस्ट सर्भका आधारमा उपलब्ध नम्बरहरु वितरण गर्ने जनाएको छ । यो सिम एनसेलले हाल सञ्चालन गरिरहेको ‘सधैं अन’ प्लान अन्तर्गत ५९९ रुपैयाँदेखि १,४९९ रुपैयाँसम्मको प्लानमा बन्डल सेवाका रुपमा उपलब्ध गराउने छ ।

प्रकाशित : असार ४, २०८१ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×