कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

आइसरलाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौँ — आइसरकाे आधिकारिक बिक्रेता बतास एमएडब्लु आइसरले ‘स्ट्रङ रिभाइभल इन सेल्स एण्ड कस्टमर सर्भिस अवार्ड’ पाएको छ । थाइल्याण्डमा आयोजित 'ग्लोबल एन्युअल कन्फ्रेन्स' मा उक्त अवार्ड पाएको हो ।

आइसरलाई अन्तर्राष्ट्रिय अवार्ड

बतास र एमएडब्लूबीच एकताको पहिलो वर्षमै अन्तर्राष्ट्रिय स्तरको सफलता पाएको कम्पनीले दाबी गरेको छ । पहिलो वर्षमा नै आइसर इन्डियाले ‘आइसर’को बिक्री बितरण तथा ग्राहक सेवामा ठुलो र अग्रणी परिवर्तन महसुस गरेको जनाएको छ । कम्पनीले समय सापेक्ष ग्राहकको चाहना अनुरुप बस ट्रक, ट्रिपर उपल्बध गराएको छ ।

अन द स्पट सेवा, बिना झन्झट सामान डेलिभरी, सेल्स सर्भिसमा ग्राहकको सन्तुष्टि, एक्सचेञ्ज फाइनान्सको सुबिधा साथ साथै रिटेल फाइनान्सको लागि एमएडब्लू इनभेष्टमेन्ट र बतास हायर पर्चेज कम्पनीका साथै विभिन्न ५ वित्तीय संस्थाहरुसँग सहकार्य गरेको छ ।आइसरका बस तथा अन्य व्यवसायिक सवारी साधनको बिक्री बितरण गर्न ११ शाखा, ४ डिलर र १६ टभ प्वइन्टका साथ देशैभर सेवा बिस्तार गरेको छ ।

प्रकाशित : असार ४, २०८१ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×