२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

५० हजार ९९९ रुपैयाँ पर्ने रियलमी १२ प्रो प्लस बजारमा 

काठमाडौँ — स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा ५० हजार ९९९ रुपैयाँ पर्ने रियलमी १२ प्रो प्लस सार्वजनिक गरेको छ ।  सेग्मेन्ट फस्ट पेरिस्कोप लेन्स, आकर्षक डिजाईन तथा आकर्षक मुल्यको साथ ग्राहकहरुको मन जित्दै रियलमी १२ प्रो प्लस ले नेपालको स्मार्टफोन बजारमा नयाँ तरंग ल्याउने कम्पनीको दाबी छ । 

५० हजार ९९९ रुपैयाँ पर्ने रियलमी १२ प्रो प्लस बजारमा 

रियलमी १२ प्रो प्लस मा ६.७ इन्चको सुपर एमोलेड डिस्प्ले तथा फुल एचडी रिजोलुसन छ । जसले प्रयोगकर्ताहरुलाई रगिंन तथा सार्प कन्ट्रास्ट स्क्रिनको अनुभव प्रदान गर्नेछ । फोनसँगको हरेक अन्तरक्रियालाई रमाइलो बनाउन रियलमी १२ प्रो प्लसमा १२० हर्जको रिफ्रेस रेट राखिएको छ ।

यो फोनमा १२ जिबीको र्‍यामसँग ५१२ जिबीको आन्तरिक स्टोरेज दिइएको छ । जुन आवश्यकता अनुसार २४ जिबीसम्म बढाउन पनि सकिन्छ । रियलमी १२ प्रो प्लस १२ जिबी र्‍याम र २५६ जिबीको स्टोरेज भेरियन्टमा उपलब्ध छ । सबमरिन ब्लू, एक्सप्लोरर रेड, र न्याभिगेटर बिज रङमा उपलब्ध हुनेछ ।

प्रकाशित : जेष्ठ २५, २०८१ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x