२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

प्यारामाउन्ट मोटर्स र नबिल बैंकबीच साझेदारी

काठमाडौँ — नेपालमा विद्युतीय गाडी वुलिङ्ग बिङ्गोको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले ग्राहकलाई वित्तीय सुविधा उपलब्ध गराउन नबिल बैंकसँग साझेदारीको घोषणा गरेको छ । वुलिङ्ग बिङ्गो ईभीलाई ग्राहकको पहुँचमा पुर्‍याउन र आर्थिक सहजता प्रदान गर्न सहकार्य गरिएको कम्पनीले जनाएको छ । 

प्यारामाउन्ट मोटर्स र नबिल बैंकबीच साझेदारी

यो साझेदारीसँगै वुलिङ बिङ्गो ईभी खरिद गर्न चाहनेले नबिल बैंकका वित्तीय सुविधा लिन सक्नेछन् । यसअन्तर्गत ७ वर्षसम्मको फ्लोटिङ ऋण र गाडीको मूल्यको ८० प्रतिशतसम्मको फाइनान्सिङ सुविधा समावेश रहेको विज्ञप्तीमा उल्लेख छ । ग्राहकहरूले ५ वर्षको लागि ९.९९ प्रतिशत र ७ वर्षको लागि १०.४९ प्रतिशतको स्थिर ब्याज दर वा आधार दर प्रिमियम मोडेलमा आधारित अस्थिर ब्याज दर (१-३ प्रतिशतको प्रिमियम र अघिल्लो तीन महिनाको औसत आधार दर) बीच छनोट गर्न सक्ने भनिएको छ । बैंकले व्यक्तिगत कर्जाका लागि भ्याट बिलको ८० प्रतिशतसम्म र फर्मका लागि ७० प्रतिशतसम्म फाइनान्सिङ गर्ने विज्ञप्तीमा भनिएको छ । यससको वित्तीय सीमा २५ लाख रुपैयाँ छ। अटो लोनको अवधि स्ट्यान्डर्ड लोन एड्मिनिस्ट्रेसन फिसहित अधिकतम ७ वर्षसम्म लम्बिन सक्ने भनिएको छ ।

प्रकाशित : जेष्ठ २२, २०८१ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x